ओझेलमा मुख तथा दन्त स्वास्थ्य
buddhiman

डा. बुद्धिमान श्रेष्ठ
अध्यक्ष, कान्तिपुर डेन्टल कलेज

 

मुखको समस्याले अन्य स्वास्थ्य समस्या निम्त्याउँछ भन्ने आम मानिस मात्रै होइन नीतिनिर्माणको तहमा बसेकालेसमेत राम्ररी बुझेका छैनन्

 
मुख तथा दन्त स्वास्थ्य अवस्था जति भयावह बन्दैछ, त्यो आधारमा यसलाई राज्यले गरेको ‘रेस्पोन्स’ निकै फितलो देखिन्छ । नेपालमा सन् २००४ मा राष्ट्रिय मुख तथा दन्त स्वस्थ्यसम्बन्धी रणनीति आएको हो । रणनीतिले मन्त्रालय अन्तर्गत मुख स्वास्थ्य फोकल व्यक्तिको व्यवस्था गरेको छ । रणनीतिमा उल्लेख भएपनि आम जनताले थाहा पाउनेगरी कुनै पनि काम भएको छैन । परिस्थिति यति बिकराल बन्दैछ कि यसलाई सही रुपमा सम्बोधन गर्ने हो भने, अब मुख तथा दाँत स्वास्थ्यसँग सम्बन्धित छुट्टै नीतिको आवश्यकता टड्कारो छ । पछिल्लो समयमा सरकारले नयाँ स्वास्थ्य नीति बनाउने कुरा चलिरहेको छ । मुख तथा दन्त स्वास्थ्यलाई प्राथमिकताका साथ समेट्नुपर्छ ।

 
२०४८ को स्वास्थ्य नीतिको परिकल्पनाअनुसार नेपालमा स्वास्थ्यका संरचना ग्रामीण तहसम्म पुगेको छ । ग्रामीण क्षेत्रमा दाँत तथा मुखको समस्या निकै विकराल छ । तल्लो तहको संरचना उपस्वास्थ्य चौकी हो । त्यसैले तल्लो तहसम्म ‘डेन्टल हाइजिनिष्ट’को व्यवस्था सरकारले गर्नुपर्छ । यसबाट प्रत्यक्ष रुपमा ग्रामीण भेगका जनतासम्म मुख तथा दन्त स्वास्थ्यको पहुँच पुग्छ ।

 
आम रूपमा मुख तथा दन्त स्वास्थ्य प्रतिको बुझाइमा रहेको कमजोरी पनि यो विषय ओझेलमा पर्नुको कारण हो । मुखको समस्याले अन्य स्वास्थ्य समस्या निम्त्याउँछ भन्ने आम मानिस मात्रै होइन नीतिनिर्माणको तहमा बसेकालेसमेत राम्ररी बुझेका छैनन् । गर्भवती महिलाको मुख स्वास्थ्य राम्रो नभए पुरा हप्ता नपुगी बच्चा जन्मिने, बच्चामा कुपोषण हुने गर्छ । आम मानिसमा हृदयाघात, मधुमेह, मुखको क्यान्सर लगायतका समस्याको कारणमा मुख स्वास्थ्य पनि पर्छ । मुख तथा दाँत स्वास्थ्य चेतना अब शिक्षितदेखि निरक्षरसम्म फैलाउन जरूरी छ ।

 
नेपालमा ३५ देखि ४४ वर्ष उमेरका मानिसको पनि दाँत झर्ने समस्या देखिन थालेको छ । मुख स्वास्थ्यको जनचेतना अभावले नै यो भएको हो । दन्तहर्षाबाट सुरु भएर पायरियासम्मको समस्याले युवा वर्गलाई पिरोलेको छ । ग्रामीण भेगमा त ८० प्रतिशत भन्दा बढीलाई दन्त समस्या भएको अनुमान छ । दाँत नहुँदा मानिस कमजोर हुने, रोगप्रतिरोधात्मक क्षमतामा कमी आउने, आयु कम हुने, पाचनप्रणालीमा समस्या आउने हुँदा ‘प्रोडक्टिभ’ उमेरमै जनशक्ति रोगी बन्दै गइरहेका छन् । यसले राष्ट्रलाई ठुलो नोक्सान पु¥याईरहेको छ । यस्ता  समस्यालाई सम्बोधन गर्न छुट्टै नीति आवश्यक छ ।

 
यस्ता समस्याबाट पार पाउन प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तिमा पनि दन्त चिकित्सकको नेतृत्वमा दन्त सहायक राखेर उपचारात्मक सेवा पु¥याउनुपर्छ । मुख नै स्वस्थ नभई अरु अंग स्वस्थ हुन सक्दैन । जिल्ला अस्पतालसम्म त ‘डेन्टल हाइजिनिष्ट,’ डेन्टल ल्याब टेक्निसियन र दन्त शल्यचिकित्सक समूह बनाएर सेवा विस्तार गर्न सक्नुपर्छ । केन्द्रमा राष्ट्रियस्तरको दन्त अस्पताल बनाउनु पर्छ । सरकारले आफुले सेवा पु¥याउन नसके देशभरका ११ ओटा डेन्टल कलेजलाई प्रत्येकले तीन ओटा जिल्ला हर्नेगरी जिम्मेवारी तोक्ने हो भनेपनि अहिलेको अवस्थामा एकैपटक ३३ जिल्लामा दन्तरोगको सेवा पुग्ने छ । तिनीहरूलाई जनचेतना सहित उपचारात्मक सेवा अनिवार्य गराउनुपर्छ ।

 
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी लाग्ने रोग मध्ये दन्तरोग चौथो महङ्गो हो । तर नेपाल सरकारले यसलाई प्राथमिकतामा राख्न सकेको छैन । मानिसलाई सुन्दरतासँग पनि जोडेर हेर्ने गरिएको छ । नीतिगत त्रुटिका कारण अहिलेसम्म दन्त चिकित्सकको दरबन्दी बढ्न सकेको छैन । यस्ता कारणले दन्त चिकित्साशास्त्र अध्ययन गर्ने बिद्यार्थी निरुत्साहित भएका छन् ।

 
मुख तथा दन्त स्वास्थ्य रणनीति अनुसार पनि काम हुन सकेको छैन । छोटो, मध्यम र लामो अवधिका रणनीतिक योजना बनाएर अघि बढ्नुपर्छ । यसमा निजीले यो काम गर्नुपर्ने, सरकारले यो काम गर्नुपर्ने, गैरसरकारी संस्थाले यो÷यो गर्ने भन्ने स्पष्ट भएमा व्यवहारिक रुपमै परिवर्तन देखाउन सकिन्छ ।
- स्वास्थ्य खबरपत्रिका, २०६९ साउन अंक

 

One Response so far.


  1. Usually I don’t read article on blogs, but I wish to say that this write-up very forced me to try and do it! Your writing style has been surprised me. Thanks, very nice article.

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>