सुत्केरी पछि सेक्स कहिले ?
चिकित्सकले गर्भावस्थामा सेक्स नगर्न सल्लाह दिन्छन् । पुरुषहरू भने सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्न सकिन्छ भन्ने सोचाई राख्छन् । सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ ।
सुत्केरी अवस्था महिलाकालागि अत्यन्तै कष्टकर अवस्था हो । यो समयमा यौनाङ्गका मांशपेशी तन्किने र च्यातिने हुन्छ । महिलाको यौनाङ्गमा घाउ हुने भएकाले सुत्केरीपश्चात कम्तीमा पनि ३ महिनासम्म यौन सम्पर्क राख्नु हँुदैन । सुत्केरीपश्चात महिलाको केही हार्मोन्समा पनि परिवर्तन हुन जान्छ । यसकारण सुत्केरीपश्चात महिलामा उदासीपन बढ्न सक्छ । हार्मोन परिवर्तनको कारण महिलालाई सुत्केरीपश्चात लामो समयपछि मात्र यौन इच्छा शुरू हुन सक्छ ।
सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कमा रुची नदेखाएमा यसलाई नकारात्मक रुपमा लिनु हँुदैन । सुत्केरीपश्चात सेक्स र चरम सुखको अवस्थामा फर्किन महिलालाई लामो समय पनि लाग्न सक्छ । त्यसैले सेक्सकालागि हतार गर्नु हुँदैन । - स्वास्थ्य खबरपत्रिका, २०६९ पुस अंक One Response so far.Leave a CommentLeave a Reply |
Hiya, I’m really glad I’ve found this info. Nowadays bloggers publish only about gossips and web and this is really frustrating. A good web site with interesting content, this is what I need. Thank you for keeping this site, I’ll be visiting it. Do you do newsletters? Cant find it.