टमाटर
tomato

टमाटरलाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ । यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ । यसलाई सलादको रुपमा पनि खाने गरिएको छ । टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक हुन्छ । यसले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ । यसमा भिटामिन ए र पोटासियम तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुने भएकोले तौल घटाउन टमाटरको सेवन उत्तम हुन्छ । बिरामी र कमजोर व्यक्तिलाई यसको सुप बनाएर खुवाउँदा लाभदायक हुन्छ । टमाटरको रस छालाकालागि  पनि राम्रो मानिन्छ । यसले छालालाई सफा र नरम बनाउन मद्दत गर्छ । बिभिन्न अध्ययनले टमाटरमा क्यान्सर प्रतिरोधात्मक तत्व रहेको पुष्टिसमेत गरेका छन् । अध्ययनकै अनुसार टमाटरले मानव शरीरको डिएन्ए नष्ट हुनबाट बचाउँछ र मुटुरोगको संभावना पनि कम गराउँछ ।
–    स्वास्थ्य खबरपत्रिका, २०६९ पुस अंक

 

One Response so far.


  1. Wanda Kalk says:

    Wow! Thank you! I continuously wanted to write on my website something like that. Can I take a fragment of your post to my site?

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>