हरेक महिलाको चाहना आकर्षक र खिरिला खुट्टा हुन् भन्ने हुन्छ । शरीरको बोझ पनि धान्ने हुनाले खुट्टा चाँडै थकित हुन्छ । त्यसका लागि ताजा फलफूल खानु राम्रो हुन्छ । यसका लागि स्ट्रवेरी, काँक्रो, मुला जस्ता पानी बढी पाइने फलफुल राम्रो मानिन्छ । त्यस्तै खुट्टाको सुन्दरताकालागि बढी पानी पिउनु पनि उत्तम मानिन्छ ।
सुन्दर खुट्टाकालागि ओमेगा ३ फ्याट्टि एसिड भएका खानेकुरा उपयुक्त मानिन्छन् । खुट्टा सुन्दर बनाउन घिटामिन ‘ई’ पाइने लोसनले मालिस गर्नु राम्रो मानिन्छ । खुट्टाको स्याहारसँगै हलुका जुत्ता वा चप्पल प्रयोग गर्नुपर्छ । खुट्टा बांगिने सम्भावना भएकोले हिल जुत्ता प्रयोग गर्नु हुँदैन । खुट्टा दुखेको वा हलुका सुन्निएको छ भने मन तातो पानीले धोएर कागतिको रसले मालिस गर्दा फाइदा पुग्छ । सुत्नुअघि एक चम्चा ग्लिसिरिनमा एक चम्चा दूध मिलाएर खुट्टाको मालिस गर्दा खुट्टाको छाला कोमल देखिन्छ ।
खट्टाको सुन्दरतामा छाला बाहेक नङ पनि सफा र सुन्दर हुनुपर्छ । त्यसैले सुन्दरताकालागि समयमा नङ काट्ने र त्यसमा रहेको फोहोर पनि निकाल्नु पर्छ । महिलामा खुट्टाको सुन्दरताका लागि रौं पनि बाधक बन्नसक्छ । त्यसैले खुट्टाको रौं पनि सही तरीकाले निकाल्नु पर्छ । खुट्टाको रौं विद्युतीय सामग्री, क्रिम वाक्सिङ वा थ्रेडिङ गरेर निकाल्न सकिन्छ । सकभर खुट्टाको रौं निकाल्दा पार्लर गएर अनुभवी व्युटिसियनवाट रौं उखेल्नु राम्रो हुन्छ ।
चिसो मौसममा खुट्टाको कुर्कुच्चा पनि बढी फुट्छ । यसले खुट्टाको सुन्दरता मात्र विगार्दैन, दुखाई पनि हुन्छ । कटनको मोजा प्रयोग गर्ने, सुत्नुअघि मन तातो पानीमा खुट्टा डुवाउने र जैतुनको तेल वा राम्रो व्रान्डको ग्लिसिरिनले मालिस गर्दा खुट्टा फुट्ने समस्यावाट छुटकारा पाउन सकिन्छ ।
- स्वास्थ्य खबरपत्रिका, २०६९ माघ अंकमा प्रकाशित