हेर, डाक्टरी विद्यार्थीको विजोग !
student

  मेडिकल कलेजमा कुलत र विकृति

- स्वास्थ्य खबरपत्रिका /

कोही डाक्टरी पढ्दैछ भने सामान्यतयाः उसलाई पढाई कस्तो छ भनेर सोधिँदैन ? सोचिन्छ, कमजोर भए के डाक्टरी पढ्थ्यो र ? नेपालमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीमाझ अब सोध्नै पर्ने नयाँ प्रश्न थपिएको छ, ‘पास भयौ त ?’ त्रिभुवन विश्वविद्यालयका मानविकी र शिक्षा संकायमा भन्दा बढी प्रतिशत विद्यार्थी चिकित्साशास्त्रमा फेल हुन थालेपछि नेपालको चिकित्साशास्त्रको अध्ययन र अध्ययनरत विद्यार्थीको क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ ।

 

 

निजी क्षेत्रका कतिपय मेडिकल कलेजको परिणाम हेर्ने हो भने लाग्दछ यहाँका विद्यार्थी पढाईले होइन, केवल भाग्यले मात्रै पास हुन्छन् । यस्तो दयनीय हालत हुँदा पनि विद्यार्थी, अभिभावक, कलेज सञ्चालक र विज्ञले समेत चासो दिएका छैनन् । मेडिकल शिक्षाको गुणस्तरलाई लिएर खुल्न चाहने थोरै मात्रै विज्ञहरुले विद्यार्थी अनुत्तीर्ण हुनुको कारण समग्र मेडिकल शिक्षाको क्षेत्रमा व्याप्त विकृतिसँग जोडेर हेर्नुपर्ने बताउँछन् ।

 

 

नेपालमा त्रिभुवन विश्वविद्यालय अन्र्तगत ९ वटा र काठमाडौं विश्वविद्यालय अन्र्तगतका ८ वटा मेडिकल कलेजमा झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । यो संख्या हेर्दा प्रत्येक वर्ष औसतमा ४० प्रतिशतको हाराहारी मात्रै विद्यार्थी पास हुने गरेका छन् । कलेज अनुसार हेर्ने हो भने २५ प्रतिशत भन्दा बढी विद्यार्थी पास गराउन नसक्ने कलेजको संख्या धेरै छ ।

 

 

कसरी आयो यस्तो नतिजा ?

मेडिकल कलेजको पढाई कति नाजुक छ भन्ने हेर्न केही दिनअघि मात्रै सार्वजनिक भएको काठमाडौ विश्वविद्यालय अन्र्तगतका मेडिकल कलेजको प्रथम बर्षको नतिजा मात्रै हेरे पुग्छ । सो नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी राजधानीको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा फेल भए  । सो कलेजबाट १ सय ५० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ७ जना फेल भएका थिए । विराटनगरस्थित नोबल मेडिकल कलेजबाट परीक्षा दिएका एक सय ५० मध्ये ४८ जना मात्रै पास भए । पाल्पाको लुम्बिनी मेडिकल कलेजका सय विद्यार्थी परीक्षामा सहभागी भएकोमा ६९ जना फेल भए । त्यसैगरी काठमाडौं मेडिकल कलेजका ६९,  कलेज अफ मेडिकल साइन्सेस भरतपुरका ४१ , मणिपाल मेडिकल कलेजका ४३, नेपालगन्ज मेडिकल कलेजका ८३ र केयुका ११ जना विद्यार्थी फेल भएका छन् ।

तीमध्ये नेपाल मेडिकल कलेजका ६४, नोबलका ४१, लुम्बिनी पाल्पाका २७, केएमसीका ४१, भरतपुरका ३७, मणिपाल मेडिकल कलेजका २६, नेपालगन्जका ६४ र केयुका १० विद्यार्थी दुई भन्दा बढी विषयमा फेल भएका छन् । दुई भन्दा बढी विषयमा फेल भएकाहरुले ‘ मौका परीक्षा’ समेत दिन पाउँदैनन् । यस्ता विद्यार्थी अन्य वर्षमा लगातार पास भए पनि पढाई एक वर्ष ढिलो सकिन्छ ।

एमबिबिए दोस्रो वर्षको परीक्षाफल पनि झण्डै उस्तै छ । दोस्रो बर्षको परीक्षामा नेपालगञ्ज मेडिकल कलेजबाट सबैभन्दा बढी ५२ विद्यार्थी फेल भएका छन् । त्यसैगरी बढी फेल हुनेमा मणिपाल मेडिकल कलेज पोखराका ३९, लुम्बिनी मेडिकलका २१, काठमाडौं मेडिकल कलेजका १६, नोबल मेडिकल कलेज विराटनगरका ८, कलेज अफ मेडिकल साइन्सेस भरतपुरका ८ र नेपाल मेडिकल कलेज काठमाडौंका ३ जना विद्यार्थी फेल भएका छन् ।

तुलनात्मक रूपमा हेर्दा समग्र नतिजा काठमाडौं विश्व विद्यालयतर्फ भन्दा त्रिभुवन विश्वविद्यालय अन्र्तगतका कलेजहरु अगाडि भए पनि कतिपय  सो विश्वविद्यालय अन्तर्गतको केही कलेजको नतिजा अवस्था झन् नाजुक छ । अघिल्लो वर्ष मंसिर÷पुष महिनामा सञ्चालित नतिजाअनुसार महाराजगञ्जका ७२ मध्ये १६ विद्यार्थी फेल भएका थिए । निजी मेडिकल कलेजतर्फ ९ सय ३५ उपस्थित भएकोमा ३ सय ४५ मात्रै पास भएका थिए ।

दोस्रो वर्षको परीक्षामा महाराजगञ्ज क्याम्पसका ७० उपस्थित भएकामध्ये ४९ जना मात्रै पास भएका थिए । त्रिविअन्तर्गतका मेडिकल कलेजका ६० प्रतिशत विद्यार्थी फेल भएका थिए । दोस्रो वर्षतर्फ ५६ प्रतिशत विद्यार्थी पास भएका थिए । दोस्रो वर्षमा निजीतर्फ ६ सय ८४ विद्यार्थी उपस्थित भएकोमा ३ सय ७७ मात्रै पास भएका थिए । त्रिविअन्तर्गत महाराजगञ्जपछि किस्टको नतिजा राम्रो छ । किस्टमा पहिलो वर्षमा ६५ प्रतिशत र दोस्रो वर्षमा ८० प्रतिशत विद्यार्थी पास भएका थिए ।

त्रिवितर्फ नेशनल मेडिकल कलेजको अवस्था सबैभन्दा नाजुक छ । जसमा २५ प्रतिशत विद्यार्थी मात्रै पास भएका थिए । त्यसैगरी कमजोर नतिजा देखिएकामध्ये अन्यमा जानकी मेडिकल कलेजका २७ प्रतिशत र भैरहवास्थित युनिभर्सलका ३५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । दोस्रो वर्षमा भने यी कलेजका ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यार्थी छनोट नै गलत

नेपालमा मेडिकल कलेजलाई जथाभावी सम्बन्धन दिने र ती कलेजले कोटा बढाउन प्रत्येक निकायमा गर्ने ‘माल प्राक्टिस’ले मेडिकल शिक्षालाई निकै महँगो बनाएको छ । छात्रवृत्ति बाहेकका कोटाहरू कलेजहरुले मोलतोलमा बेच्छन् । बिक्रीका आधार तोकिएभन्दा बढी शुल्क दिने र एकमुष्ट बुझाउन सक्ने विद्यार्थी मात्र कलेजको पहिलो रोजाईमा पर्छन् । ‘पहिलो चरणमा एकमुष्ट पैसा दिएपछि जस्ता विद्यार्थी पनि लिन्छन्, अनि कोटा बाँकी रहेपछि आर्थिक रूपमा कमजोर विद्यार्थी फेरि थोरै पैसामा लिन्छन् ’ मेडिकल काउन्सिलका एक सदस्य भन्छन् ‘ विद्यार्थी छनौटमै आर्थिक कुरालाई प्राथमितामा राखेर कमाउने काम शुरु गरेपछि कहाँ इथिक्स र मूल्य मान्यताको कुरा लागु हुन्छ ?’

मेडिकल अध्ययनकालागि तोकिएका आधारभूत प्रावधान सहज छन् । नियमअनुसार १२ कक्षामा विज्ञान, अंग्रजी र गणित विषयमा कम्तिमा ५०÷५० अंक र कुलमा ५० प्रतिशत अंक ल्याएपछि कुनै पनि विद्यार्थी मेडिकल पढ्न योग्य हुन्छ । त्यही आधारमा विद्यार्थीले विश्वविद्यालयमा प्रवेश परीक्षा दिन पाउँछन् । काठमाडौ विश्वविद्यालयमा त झण्डै एक हजार कोटाका लागि २ हजार जति विद्यार्थीलाई प्रवेश परीक्षामा पास गराइन्छ । पैसालाई प्राथमिकतामा राखेर यसरी विद्यार्थी छनोट गर्ने प्रवृित्तले पनि नतिजा खस्काउँदै लगेको विज्ञहरुको भनाइ छ । ‘एसएलसीमा सबैभन्दा राम्रो नतिजा ल्याएका विद्यार्थीलाई आफ्नो कलेजमा ल्याउन उच्च माविले प्रतिस्पर्धा गरेको सुनिन्छ । तर मेडिकल कलेजले यस्तो गरेको कहिल्यै सुनिदैन’ अर्का एक विज्ञ भन्छन् ।

 

 

नेशनल सेन्टर फर हेल्थ प्रोफेसन्स एजुकेशन सेन्टरका कार्यकारी निर्देशक डा.जगदिशप्रसाद अग्रवाल राम्रो नतिजाका लागि अब्बल विद्यार्थी छनोट पहिलो सर्त भएको बताउँछन् । ‘पहिला विद्यार्थी नै राम्रो चाहियो, अनि अन्य कुरा आउँछन्’ डा.अग्रवालले भन्छन्, ‘नेपालमा आइओएमबाहेकका कलेजले यसमा ध्यान दिएको पाइँदैन ।’
स्रोतका अनुसार केयूमा त प्रवेश परीक्षामा नाम निकाल्नकालागि समेत दलाल परिचालन हुने गरेका छन् । कतिपय अवस्थामा शैक्षिक परामर्शका नाममा खुलेका संस्थाहरुले मध्यस्थता गरेर सबै चाँजोपाँजो मिलाइ दिन्छन् । प्रवेश परीक्षामा राम्रा विद्यार्थीसँगै बसाएर भए पनि पास गराएर डाक्टर पढ्ने वातावरण कन्सल्ट्यान्सीले बनाइदिन्छन् । जानकारहरू हरेक मेडिकल कलेजमा करिब ४० प्रतिशत विद्यार्थी सामान्य क्षमताका भए पनि पैसा र शक्तिकै भरमा भर्ना हुने गरेको बताइन्छ । केयूअन्तर्गत प्रवेश परीक्षामा एक नम्बरमा नाम निस्किएको विद्यार्थीसमेत कलेजबाट दिने परीक्षामा फेल भएको विश्वविद्यालय स्रोतको भनाई छ ।

बाबुआमाको लहड  

 

 

जानिफकारहरुका अनुसार नेपालका मेडिकल कलेजमा अध्ययन गर्न आउने ५० प्रतिशत विद्यार्थीले मात्र आफ्नो व्यक्तिगत रुची र हुटहुटीका कारण यो विषय छनौट गर्छन् । अधिकांश विद्यार्थी अविभावक एवं समाजिक मनोविज्ञानका ‘लोकाचार’ र अपेक्षा पूरा गर्न  डाक्टरी पढ्न बाध्य छन् । ‘एकातिर नचाहेरै पढ्नुपर्छ, अर्कोतिर विषय पनि अप्ठेरै हुन्छ ’ काउन्सिलका ती सदस्य भन्छन् ‘अनि विद्यार्थी फेल भएपछि झन् लाजमर्दो स्थिति आउँछ, तनाब छल्न मदिरा खान्छ, गाँजा खान्छ र झन् पढाई विग्रिन्छ ।’

 

 

अधिकांश विद्यार्थी सम्पन्न परिवारका भएकोले पनि विद्यार्थीलाई आर्थिक अभाव हुँदैन । यसले पनि विद्यार्थी बिग्रिने संभवना निकै हुने नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक एवं निजी मेडिकल तथा डेन्टल कलेज एसोशियसनका अध्यक्ष डा.सुरेशकुमार कनौडिया बताउँछन् । भित्री इच्छाले नपढेपछि विद्यार्थीहरु अनुशासनहीन समेत हुने र शिक्षकलाई नटेर्ने हुन्छन् । महाराजगञ्ज मेडिकल कलेजका पूर्व क्याम्पस प्रमुख डा.रामप्रसाद उप्रेतीका अनुसार कतिपय विद्यार्थीले आमाबुबाको करले पढेको हुनाले आफैं पास हुन नसक्ने बताउँछन् । भन्छन् ‘विद्यार्थी नै भन्छन् हामी बरु बिरामी छुदैनांै, पास गराइदिनुप¥यो ।’

 

 

खडेबाबा प्राध्यापकको भर  

 

 

नेपालका मेडिकल कलेजहरुमा काउन्सिल निर्देशिकाले तोकेको मापदण्ड अनुसार प्राध्यापक नै पर्याप्त छैनन् । त्यसमा पनि एनाटोमी र फिजियोलोजी विषयका प्राध्यापक निकै कम छन् । नेपालकै प्राध्यापकहरुले ठेक्कामा लिएर केही हप्तामै देशभरीका कलेजमा कोर्स पूरा गर्ने गरेको कलेज सञ्चालकहरु नै बताउँछन् । दुर्गम ठाउँ र राजधानी बाहिरका मेडिकल कलेजहरुमा अन्य विषयका प्राध्यापक पनि पाउँन गाह्रो छ । आफू नै भर्खर पढाई सकेका चिकित्सकहरु नै अधिकांश मेडिकल कलेजका फुलटाइमर हुन् ।

काउन्सिलको टोली अनुगमनमा जाने समयमा देखाउनकालागि मात्रै ल्याएर राखिने ‘खडेबाबा’ प्राध्यापक देखाएको भरमा शिक्षाको गुणस्तर सुधार हुन नसक्ने चिकित्सकहरु बताउँछन् । ‘पर्याप्त शिक्षक राखेर राम्रो गरी पढाइरहेको भए कसरी विद्यार्थी पास हुन्छन् त ?’ महाराजगञ्ज क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा.रामप्रसाद उप्रेती भन्छन्, ‘यो हिसावले हेर्दा त विद्यार्थी मात्रै होइन शिक्षक फेल भएका हुन् ।’

कमजोर पूर्वाधार

विद्यार्थीको पठनपाठन राम्रो हुनकालागि कक्षाकोठा, पढ्ने वातावरण, अस्पताल, पुस्तकालय, ल्याब, स्किल ल्याबलगायकका पूर्वाधार पर्याप्त हुनुपर्ने डा.अग्रबाल बताउँछन् । काउन्सिलको निर्देशिकाले पनि मेडिकल कलेजहरुमा यी कुरा हुनुपर्ने व्यवस्था गरेको छ । तर काउन्सिलका अधिकारीको ध्यानसमेत कलेजहरुमा त्यस्तो पूर्वाधार तयार पार्न लगाउनतिर केन्द्रित भएको छैन । कलेजहरुले समेत शैक्षिक पूर्वाधार विकासतिर भन्दा सरकारी अधिकारीलाई आर्थिक प्रलोभनमा पारेर निर्देशिका छल्नतिर जाने गरेको भुक्तभोगीहरु बताउँछन् । कलेजका होस्टलदेखि अन्य भौतिक पूर्वाधार एवं वातावरणसमेत अध्ययनमैत्री हुनुपर्नेमा अधिकांश कलेजमा यस्तो गुणस्तर छैन ।

बिरामी देख्न नपाउनु

 

 

पहिलो र दोस्रो वर्षको नतिजामा ‘बेड साइड लर्निङ’ अर्थात् विरामीको सामिप्यमा रहेर गरिने सिकाइले महत्व नराखेपनि गुणस्तरीय चिकित्सक उत्पादनका लागि कलेजका शिक्षण अस्पतालमा विरामीको संख्या कति छ भन्ने कुराले ठूलो महत्व राख्छ । विज्ञहरु भन्छन् ‘चिकित्साशास्त्रको पढाई भनेको प्रयोगात्मक अभ्यासमा आधारित नै हुन्छ ।’ राम्रो विद्यार्थी तयार हुनकालागि बरिष्ठ चिकित्सकहरुको मातहतमा रहेर वेड साइड लर्निङ गर्नुपर्छ । नेपालमा राम्रो नतिजा देखिएका कलेजहरु शिक्षण र केयूको धुलिखेल अस्पतालबाहेक अन्य थोरै मात्रै मेडिकल कलेजका विद्यार्थीले बिरामीसँग पर्याप्त सान्निध्यता पाउँछन् । थपिँदै गएका मेडिकल कलेज र चिकित्सकको बढ्दो संख्याले नेपालीलाई खुसी थपेको होला । तर, अध्ययन अध्यापनमा देखिएको असन्तुलित परिणाम भने चिन्ताको विषय बनेको छ ।

फेल हुनु राम्रो हो


डा सुरेशकुमार कनौडिया
अध्यक्ष, मेडिकल कलेज एशोसिएसन

आधुनिकीकरणको प्रभाव मेडिकल विद्यार्थीमा पनि परेको छ । विद्यार्थीहरू सम्पन्न परिवारका हुने भएकाले पकेट खर्च धेरै हुन्छ । नेपालमा मदिरा सामान्य भैसकेका कारण पनि पैसा हुने विद्यार्थीमा यस्तो कुलतको खतरा हुन्छ । कतिपय यस्ता विद्यार्थी कारवाही पछि सुध्रिएका पनि छन् । नेपालगन्ज मेडिकल कलेजका एक विद्यार्थी लागू औषध प्रयोगका कारण  एचआइभी संक्रमित भएका थिए । विद्यार्थीले पढाइभन्दा मनोरञ्जनमा बढी ध्यान दिन्छन् । विद्यार्थीको क्षमता बढी भएपनि आधुनिक प्रविधिले उनीहरुको ध्यान अन्तै केन्द्रित हुने  गरेको छ ।
अर्को कुरा फेल हुनु राम्रो हो, यसले विद्यार्थीमा सजगता पैदा गर्छ । यसले सजिलो तरिकाले पास भइँदैन भन्ने सन्देश पनि दिएको छ । विद्यार्थीहरू क्षमता नभएर भन्दा पनि मेहनत कम गरेर फेल भएका हुन् ।

 

 

शिक्षक पनि फेल

 

 

डा रामप्रसाद उप्रेती
पूर्व क्याम्पस प्रमुख, आइओएम

पहिला योग्यता भएकाले डाक्टरी पढ्थे, अहिले पैसा भएकाले डाक्टरी पढ्छन् । पहिला डाक्टरलाई सम्मान गर्थे, अहिले हातपात गर्छन् । अहिलेको वास्तविक अवस्था यही हो ।
अहिले कतिपय मेडिकल कलेजका विद्यार्थीले बरु हामी बिरामी छुदैनौं, बुवाले कर गरेर पढेको हो, जसरी भएपनि पास गरिदिनु प¥यो भन्छन् । विद्यार्थीलाई मात्र खराब भए, पढेनन् भनेर दोष दिएर हँुदैन । बाहिरी समाजको प्रभाव यिनमा पनि परेको छ । कलेजका डनहरुलाई पनि कारवाही हुन सकेको छैन । दण्डहिनताको असर विद्यार्थीमा पनि देखिएको हो ।

 

 

चिकित्शाशास्त्रमा प्रतिस्पर्धामा विद्यार्थी आउने भएको शत प्रतिशत पास हुनुपर्छ । अहिलेको परिणाम हेर्दा विद्यार्थी फेल भएको होइन शिक्षक भएका हुन् । अर्को कुरा औषधि कम्पनीले पनि विद्यार्थी बिगारेका छन् । कम्पनीहरुले आफ्नो प्रभावमा पार्न अहिलेदेखि नै जाँड पार्टी दिन शुरु गर्छन् । खुवाउने र खाने प्रवृत्तिले पनि बिग्रिएका छन् ।  परीक्षा प्रणाली, योग्यता, शैक्षिक प्रणाली, कलेजको कमजोरी के कारणले हुन्छन्, अध्ययन हुनुपर्छ ।

साठी प्रतिशत विद्यार्थी कुलतमा

 

 

 

– लुिम्बनी मेडिकल कलेज तथा शिÔण अस्पताल पाल्पामा एमबिबिएस दोस्रो वर्Èमा अध्यनरत प्रदीप भुसाल गत मंसिर १७ मा मृत अवस्थामा भेटिए । प्रहरीले आत्महत्याको आशंका ग¥यो । तर परिवार आत्महत्यामा सहमत छैन ।

 
–नेपालगञ्ज मेडिकल कलेजमा अध्ययरत एक विद्यार्थी लागू औषधको कुलतमा थिए । उनले सिरिन्जको प्रयोग गर्ने बानीले एचआइभी संक्रमणको अवस्थामा पु¥यायो । सिरिन्ज साटासाट गर्ने क्रममा उनी संक्रमित भए ।

 
– नोबल मेडिकल कलेज विराटनगरमा एमबिबिएस दोस्रो वर्षमा अध्यनरत सुधिर भट्टराईले केही वर्षअघि आत्महत्या गरे । परीक्षाको मुखमा शुल्कको बिषयलाई लिएर कलेजले  दबाब दिएपछि उनले आत्महत्या गरेको सहपाठीहरुको भनाई छ ।

 
माथिका तीन प्रसंगले नेपालमा मेडिकल कलेजमा रहेका विकृति र विसंगति झल्काउँछन् । पैसाका भरमा पढ्न पाउने र बाबुआमाले पनि छोराछोरीको इच्छाविपरीत पढाउनाले मेडिकल शिक्षामा विकृति बढ्न लागेको विज्ञहरुको भनाइ छ ।
नेपालका अधिकांश मेडिकल कलेज र तिनका छात्रावास बिस्तारै लागू औषध प्रयोग गरिने सुरक्षित ठाउँ बन्न पुगेका छन् । मेडिकल शिक्षामा भित्रिएको अस्वस्थ प्रतिस्पर्धा र पैसा भएपछि डाक्टरी पढ्न सकिने भएकाले यस्ता विकृति मौलाएको बरिष्ठ चिकित्सकहरु बताउँछन् ।

 

 

महँगो शुल्कका कारण क्षमतावान विद्यार्थीले पढ्न नपाउने तर पैसा खर्च गर्नसक्ने अभिभावकले जति खर्च गरेर भएपनि सन्तानलाई डाक्टर बनाउनै पर्ने सोचले यस्तो अवस्था आएको हो ।  ‘क्षमता नभएपनि धनीहरुले इज्जतकालागि छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् भने केही परिवार दाइजोकै लागि मात्र पनि मेडिकल शिक्षामा आकर्षित हुन्छन्’, एक चिकित्सक भन्छन्, ‘क्षमता र रुची नभएका मान्छेलाई पढ्नै पर्ने बनाइउपछि तिनीहरू कुलतमा लाग्छन् ।’ प्राध्यापकसमेत रहेका ती चिकित्सक इच्छाबिपरीत पढ्नुपर्दा विद्यार्थीहरू कुलतमा फस्ने गरेको बताउँछन् । यसले गर्दा मेडिकल शिक्षा दिने काममा मात्र नभएर धेरै कलेजका विद्यार्थीको मानसिकतासमेत विकृति बढ्दै गएको उनको भनाइ छ ।

 

 

पढ्ने क्षमता नहुने र पैसा बढी हुने यस्ता विद्यार्थी क्यासिनो, डान्सबार र लागू पदार्थका अखडामा रम्ने गरेको पाइएको छ ।  ‘मदिरा सेवन गरेर छात्रावासमै हुने झगडा त दैनिक जसो नै देखिन्छन्’, मेडिकल कलेजका एक सञ्चालक भन्छन् । ती सञ्चालकका अनुसार एमबिबिएस पढ्ने ४० प्रतिशत विद्यार्थी धूमपानका अम्मली छन् । ‘हरेक मेडिकल कलेज र छात्रावासको सेरोफेरोमा गर्लफ्रेन्ड र व्वाइफ्रेन्डका नाममा जोडी बनेर बसेका देखिन्छन्’ ती सञ्चालक भन्छन् ‘सामाजिक विकृति निम्त्याएको भन्दै स्थानीयवासीले गर्ने उजुरी त सामान्यजस्तै भइसक्यो ।’

 

 

नेपाल चिकित्सक संघको जर्नलमा केही समयअघि प्रकाशित एक अध्ययन प्रतिवेदनमा आधारित लेखले समेत विद्यार्थीमा बढ्दो विकृतिको उजागर गरेको छ । सो आलेखमा उद्धृृत गरिएको तथ्य अनुसार मेडिकल कलेजका  ६० दशमलव ३ प्रतिशत विद्यार्थीले लागूपदार्थ प्रयोग गर्ने गरेका छन् । जसमा ५७ दशमलव ६ प्रतिशतले रक्सीजन्य पदार्थ, २७ दशमलव ५८ प्रतिशतले सूर्तिजन्य पदार्थ र १२ दशमलव ८ प्रतिशतले गाँजा र भाङ प्रयोग गर्ने गरेको देखाइएको छ ।

 
यो अध्ययन चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान महाराजगन्ज, काठमाडांै मेडिकल कलेज, नेपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज धुलिखेलमा भएको थियो । अध्ययनले प्रथम बर्षमा अध्ययनरत ५५ दशमलव ७८ र अन्तिम बर्षमा अध्ययनरत ६५ दशमलव ८६ प्रतिशतले लागूपदार्थ प्रयोग गर्ने गरेको देखाएको छ ।
त्यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अप्रिल २०१० मा प्रकाशित अध्ययनले पनि झण्डै ५० प्रतिशत विद्यार्थी लागू पदार्थको कुलतमा रहेको देखाएको छ । डा. निवश बुढाथोकीले ५ सय १० विद्यार्थीमा सो अध्ययन गरेका थिए । एमबिबिएस र बिडिएस तेस्रो बर्षमा अध्ययनरत आठ मेडिकल तथा एक डेन्टल कलेजका ५ सय १० विद्यार्थीमा अध्ययन गरिएको थियो ।

 
अध्ययनले कूल ४९ दशमलव ६ प्रतिशतले लागूपदार्थ प्रयोग गर्ने गरेकोमा ५२ दशमलव ३ प्रतिशतले रक्सीजन्य पदार्थ, ५५ प्रतिशतले सूर्तिजन्य पदार्थ, ६५ दशमलव ७ प्रतिशतले लागूऔषध प्रयोग गर्ने गरेको देखाएको छ । विद्यार्थीले पढाइबाट दिक्दार भएर तथा साथीको दबाब र रमाइलोका लागि प्रयोग लागू पदार्थ प्रयोग गर्ने बताएका छन् ।
डाक्टर बन्न लागेका विद्यार्थीका यस्ता क्रियाकलापलाई नजिकबाट नियालिरहेकाहरुले त यस्ता पनि डाक्टर हुन्छन् भनेर चिकित्सा पेशाप्रतिको विश्वाससमेत कम गराएको विज्ञहरु बताउँछन् । ‘रक्सी खाएर जथाभावी हल्ला गर्ने र खुला रुपमा जोडी बनेर बसेको देखेपछि त्यस्ताले कसरी डाक्टरको काम गर्लान् भन्दै अस्पताल जान नमान्ने क्रम पनि बढिरहेको छ’, काउन्सिलका एक अधिकारीको प्रतिक्रिया छ ।

 

 

मेडिकल कलेजहरुमा अघिल्लो ब्याचको विद्यार्थीले कनिष्ठलाई आपत्तिजनक ढंगले ¥याक गर्ने, चुरोट र गाँजा खान दवाव दिने र धम्क्याउने प्रवृत्ति पनि बढेर गएको छ । कतिपय मेडिकल कलेजमा त विद्यार्थी समूहबीच ‘ग्याङ फाइट’समेत हुने गरेको छ । मेडिकल कलेजका यस्ता विकृतिले अब्बल छात्रछात्रा भने जहिले पनि मारमा पर्ने गरेका छन् । यस्तो विकृतितर्फ कलेज प्रशासनको ध्यान नजाने हो भने मेडिकल शिक्षा शैक्षिक प्रमाण पत्रकालागि मात्र सीमित हुने खतरा पनि बढ्न थालेको छ ।

 

 

इच्छाविपरीत पढाउँदा फ्रस्टेसन

 

 


डा. जगदिशप्रसाद अग्रवाल

 

 

कलेजका विद्यार्थीमा अनुशासन छैन । यसले भोलिका दिनमा नराम्रो असर गर्छ । गुणस्तरीय शिक्षा भनेको पढाई मात्र होइन, नैतिक र आचारसंहितामा रहेर इमान्दारीपूर्वक गरिने अभ्यास पनि हो । छोराछोरीलाई उनीहरूको इच्छाबिपरीत पढाउँदा फ्रस्टेसन भएर पनि उनीहरू कुलतमा लाग्न सक्छन् ।

 

 

बाबुआमाको दवावले

 

 


डा. हेमांग दीक्षित

प्रिन्सिपल, काठमाडौं मेडिकल कलेज

 

 

तनावले विद्यार्थीलाई विचलित पार्छ । उनीहरू बाबुआमाको दवावले पढ्न आएका हुन्छन् । अर्को समस्या ड्रग्सको सहज पहुँच पनि समस्या हो । यसका साथै साथी र संगतले पनि उनीहरू कुलतमा लागेका छन् ।

 

 

लहलहै

 

 


डा. महेश खकुरेल

 
यो अहिलेको मात्र समस्या होइन । हरेक होस्टलमा यस्ता विकृति पाइन्छन् । छुरा, रडले हान्ने र ग्याङ्गफाइट पनि गर्छन् । यसको प्रमुख कारण लहलहै नै हो ।
- स्वास्थ्य खबरपत्रिका, २०६९ माघ अंकमा प्रकाशित

 

12 Responses so far.


  1. santosh maharjan says:

    patrakaar saathi haru matra hun nepal ma kei subject ma fail na hune…ra sadai distinction lyaune…bichara patrakaar lai k taha university le inform nagari question pattern change garda kati garo huncha vanne….

  2. Manoj Hang Limbu says:

    sabai individual ma depend huncha. if you are not motivated no matter how strict the institute, you are bound to fail

  3. Liked the term “khade baba” professor !

  4. Subash Ale says:

    I think Medical colleges and university are root to all of these problems. Let me list the weakness or more precisely negligence of medical college.
    1. In selection of student
    Had there been criteria of at least 75% marks in plus 2/of high marks in entrance examination to get through the college ,I can bet the pass percentage would rise up. And nowadays there are thousands of plus 2 student who get distinction and are able to pay high fees too. But even then , the college selects student with less marks .
    2. Faculty
    I have already finished 4 years at medical school now and with my experience less than 10% teachers are good enough.
    Though they might be competent themselves but they have no motivation or desire to teach students. Moreover in basic science, almost every teacher are either retired Indian professor who are here just to pass time :) or recently pass outs from different medical college working part time as a tutor.
    3. Administration
    They are so passive that we have contact with them only during admission,submitting form of examination and for marksheets. I am not sure whether there are any rules of conduct in colleges let alone there implementation. No one bothers to know whether students gets in college in time , be there whole day , leaves college in time , or whether they come or not.
    4. Hostels
    You are free to do almost anything in hostel. Smoking , alcohol , gambling are common and i don’t think warden considers it illegal (that too if there are warden). Any friend from outside can go and live in hostel for 10 days and i m sure no one in college will know. Even the case of drug addiction has been seen.
    5. Ease of passing
    About the pass percentage , we are only seeing the results of first attempt. There is just to show public that our examination is tough. But as soon as that weak students who failed in 6 subjects will have his 2nd attempt he magically get through all the subjects. Anyone have noticed what students think . What is the pass percentage for 3rd attempt for a student and the answer is 99.99 % . So, many students now think tenure for mbbs is 6.5 years full of entertainment .
    6.Clinicals
    Clinical teaching is so poor that we won’t see many cases until our final examination. And senior professors won’t show up to teach at bedside until 9th semester ( if they show up at all) and expects students to perform clinical examination like they have been taught every day for last 3 years
    And the list goes on for the negligence of college.
    All of the above mentioned problems in article would have been vanished had college been more responsible .

    You can’t prevent typhoid by antibiotics , or even hand washing unless u can provide safe water.
    Medical college nowadays are like unhygienic place and you can’t blame germs for causing disease , clean it and all problems will spontaneously get removed.

  5. YubRaj Sedhai says:

    Pass percentage matra Medical education ko standard Index ho ta?
    Quality control garna Nepal ka Private medical College ma fail garne trend badheko hola, Research garera hernus last 10 years ma probably past 1-2 year ma fail garne tendency badheko hola, ra yesko motive positive pani huna sakcha, provided it works on the principle of “Raise the bar yu hav to jump higher”.
    1. Pass % Medical College ko standard napne Index hoina.
    2. Pass % thuprai factor ma depend garcha.
    3. Tyeso ta inai tapaile naam toknu bhayekai college ma padhne vidyarthi le USMLE, PLAB, AMC, MRCP, MRCS ma ace score lyauchan ni, khatttam nai bhayera ho ta.
    4. TU affilated private college haru bhanda KU aff private college haru ko star mathi hola/nahola, tapai ko patrika ma sadhai TU ka ramra KU ka Khattam bhanne opinion aucha. Malai statistical parameter dinus na. Alumni status KU aff medical college haru ko ajha standrd cha, KU aff college ma padhne Mayo Clinics, Cleveland jasta thau ma ramrai sankhya ma pugeka chan, AIIMS, PGIMER lagayet thau ma DM/MCh, MD/MS ko entrance crack garne ni KU aff MBBS haru chan. aba KU lai doshro darja ko bhanera Generalize garnu munashif nahola.
    5. SLC ko Pass % jasto hoina Patrakar ji Bangladesh ma MD/MS ma 25% pass hunchan, Khattam bhayera ho ra ?, FCPS budho bhayera matra pass hunchan, British haru budho bhaye pachi MRCP, MRCS pass hunchan, Bijog nai bhayera ho ta

    Najanya kuro garda joker bhaincha Patrakar ji alik dam wala article lekhnu hola

  6. Nibas chandra Shrestha says:

    The policy of the state makes even the gods into evils. The gross negligence and corruption among the political leaders has created everything into wastage and disorder.
    In my opinion Health education policy should be radically revised. We need to expand health education for prevention of diseases and maintaining health thru disciplined life and hygeinic living condition. Our dependency on Allopathy and imported health items is so extreme that we forgot everything available in country which could be useful for treatment and maintaining hygeinic environment. Allopathy and especially the advanced diagnostic techonolgy can not be avoaided at all but its unplanned and uncontrolled adaptation has almost wiped traditional medicines and harmless treatment methods.

    In my opinion middle level health workers
    should be produced with wholistic health service approach. Priority should be given first in prevention of diseases, maintaining environment, regular and selfhelp hygeinic living than running to doctors’ clinic at once.

    Both the government and the people are spending more than enough and unnecessarily extreme high sums for achieving health due to all for allopathy syndrom.

    It should be responsibility of the government to secure safe and reliable as well as affordable health service almost at doors.
    Remember we are using imported tissue papers and diapers for wiping dirts. Cannot we think alternatives to produced such goods in Nepal.

  7. kiran shrestha says:

    paisa tirera padhna man nalagne stdnt le napadhelai ramro

  8. Ravi Sahi says:

    As a coin has two side ..pass-fail bhanne ta bhaihalcha……arko kura exam ma aaune question le matra kasaiko level determine gardaina…..aba fail bhayo bhanera life nai end pani hunna….Nepal ko fee structure chahin sarai mahango bho yesma chahin kasaile bolne ho ki……

  9. Dr Dipendra Pandey says:

    In the education system like ours, it is a total normal phenomenon to have passed or to have failed the exams!! Even the most brightest students also have some probability to get failed in MBBS/MD. And the world never ends at that point. There is always next-good-time. फेल हुनुलाई मात्र डाक्टरी विद्यार्थीको विजोगको रुपमा चित्रण गरिनु मलाई कत्ति पनि मन परेन। MBBS पास गरिसकेपछि चित्त बुझ्दो जागिर नपाउनू र त्यो भन्दा पनि भयाभय अवस्था MD/MS पढ्नै नसकिने वातावरण सिर्जित हूंदै जानूले चाहीं डाक्टरी विद्यार्थीको विजोग देखाईरहेको छ।

  10. Raj Aarya says:

    मेडिकलका त ल सबै खत्तम बिद्यार्थी रे, अनि तिमि पत्रकार हरु चाहिं सबै बिशिस्ट श्रेणीमा पास भा’का हौ त ?

  11. manoj says:

    I am also a medical student. Thus i can say that the whole system right frm university, college, management, teachers to student are responsible for this scenario.

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>