चिकित्सकको चुनाव सकियो, मतगणना भोली देखी
voting


- स्वास्थ्य खबरपत्रिका, माघ २०/
मुलुकभरीका चिकित्सकहरुको छाता संगठन, नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकालागि भएको निर्वाचन आज ४ बजे सकिएको छ । तिन वर्षे कार्यकालका लागी अध्यक्षमा तीन चिकित्सक प्रतिस्पर्धामा छन् । अध्यक्ष पदकालागि संघका पूर्व महासचिव डा.अन्जनीकुमार झा र बरिष्ठ उपाध्यक्ष भइसकेका डा. केके राई र डा. जगन्नाथ पाण्डे हिमाली चुनावी मैदानमा उत्रीएका छन् ।
संघमा हालसम्म ५ हजार चिकित्सक आवद्ध छन् । चुनाव माघ १२ र १३ गते उपत्यका बाहिर र माघ १७ देखि २० सम्म काठमाण्डौमा संघको कार्यालयमा भएको थियो । संघको यसपटकको चुनावमा उपत्यका बाहिरका १४ शाखामा ८६१ भोट खसेको छ । उपत्यकामा १७ गते १०५, १८ गते १५०, १९ गते १९३ र २० गते २४६ गरी कुल ६९४ भोट खसेको छ । मतगणना भोली आइतवार बिहान ११ बजे देखी हुने निर्वाचन आयुक्त डा मधुसुदन पुनले जानकारी दिएका छन् ।
अघिल्लो चुनावमा १५७६ मत खसेकोमा यसपटक भने १५५५ मत खसेको छ । अहिलेको चुवावमा उपत्यकामा अघिल्लो चुनाव भन्दा केहि मत कम खसेको निर्वाचन आयुक्त डा पुनको भनाई छ ।
१३ पदाधिकारी रहेको संघको यसपटकको चुनावका लागि प्रगतिशीलका तर्फबाट जम्मा ५ वटा पदमा मात्र उम्मेदवारी परेको थियो भने एक जनाले सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रगतिशीलका तर्फवाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिबमा कुनै उम्मेदवारी परेको थिएन । प्रगतिशीलबाट उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा तीन जनाको मात्र उम्मेदवारी दिइएका छन् ।
उपाध्यक्षमा डा. अरुण दीक्षित, कोषाध्यक्षमा डा. गुप्तबहादुर श्रेष्ठ र सदस्यहरुमा डा. गोपाल खनाल, डा. विदुर वस्ती र डा. नन्दुप्रसाद शर्माको उम्मेदवारी परेको थियो । तर अन्तिम समयमा उनीहरुले उम्मेदवारी फिर्ता लिएपछि संघमा प्रजातान्त्रिकका तर्फवाट उम्मेदवारी दिएका बरिष्ठ उपाध्यक्षमा डा. पशुपति रेग्मी, उपाध्यक्षमा सरोजप्रसाद ओझा, महासचिवमा डा. मुक्तिराम श्रेष्ठ, कोषध्यक्षमा डा. किरण रेग्मी, सहसचिवमा डा. लोचन कार्की र शिवजी पौडेल निर्विरोध निर्वाचित भैसकेका छन् ।
०६७ सालमा भएको चुनावमा प्रजातान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो । ०६७ देखि ०६९ सम्मको यो कार्यसमितिको चुनावमा अध्यक्ष पदमा विजयी डा. किरण श्रेष्ठले ११ सय ८२ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी डा. नन्दप्रसाद शर्माले जम्मा तीन सय ३५ मत ल्याएका थिए । यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. रमेशप्रसाद आचार्य एक हजार ९५, उपाध्यक्ष राजेशकिशोर श्रेष्ठ ९ सय ८६, उपाध्यक्ष भुपेन्द्रकुमार बस्नेत ९ सय ९६, कोषाध्यक्ष मुक्तिराम श्रेष्ठ ९ सय ४५, सहसचिव रामेश्वरप्रसाद पोखरेल ९ सय ३८ र अपर्णा बस्नेत एक हजार ९ मत ल्याइ बिजयी भएका थिए ।

प्रकाशित – स्वास्थ्य खबरपत्रिका, २०६९ माघ २० गते, सांझ ४.३० बजे

 

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>