|
- चन्द्रकान्त खनाल, रुपन्देही, जेठ ७ / रुपन्देहीका जनस्वास्थ्य प्रमुखले यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयरुपन्देहीमा कार्यरत महिलाकर्मचारीले लगाएको आरोप झुटो सावीत भएको छ । राष्टिय महिला आयोग, जिल्ला प्रशासन कार्यालय, विभिन्न संघ सस्थाले गरेको एक साता लामो अनुसन्धानले आरोप निराधार भएको निष्कर्ष निकालेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वरप्रसाद [...] स्वास्थ्य खबरपत्रिका, जेठ ७ / ६६ औं सत्रको विश्व स्वास्थ्य सभामा भाग लिन नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बिद्याधर मल्लिक, स्वास्थ्य सचिव डा. प्रवीण मिश्र जेनेभा गएका छन् । यो सम्मेलन २० देखि २८ मे सम्म जेनेभामा संचालन हुनेछ । यो सभा विश्व स्वास्थ्य संगठनको सर्बोच्च निर्णयाक नीति निर्माण गर्ने अंग हो । [...] स्वास्थ्य खबरपत्रिका, ७ जेठ नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा पुनः रामजी घिमिरे सर्वसम्मत चयन भएका छन् । पोखरामा शनिबारदेखि दुई दिन भएको संघको छैठौँ महाधिवेशनले घिमिरेको अध्यक्षतामा ८९ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । चार वर्षका लागि चुनिएका नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम खनाल, महासचिवमा दीपक मुडभरी खुला तर्फ, निजीतर्फ [...] सामान्य लापरवाहीले मिर्गौला रोगको खतरा – डा. अनिल बराल, मिर्गौला रोग विशेषज्ञ, वीर अस्पताल / हरेक बर्ष मार्च महिनाको दोश्रो बिहीबार अर्थात् मार्च १४ मा विश्व मिर्गौला दिवस मनाइन्छ । यो आठौं विश्व मिर्गाैला दिवस हो । यो दिवस अन्तर्राष्ट्रिय मिर्गौला समाज र मिर्गाैलासम्बन्धी अन्तर्राष्ट्रिय महासंघले शुरु गरेको हो [...] डा. प्रकाशराज रेग्मी बरिष्ठ मुटुरोग बिशेषज्ञ / उच्च रक्तचाप (हाई ब्लडप्रेसर) मुत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ । धेरै अवस्थामा यो रोग आधुनिक सभ्यता, मानसिक तनाव र जीवनशैली परिवर्तनको नजिता हो । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार [...] के खाने, के नखाने ? उपभोक्ता अन्योलमा – स्वास्थ्य खबरपत्रिका / बजारमा बिक्रीका लागि राखिएका जुसदेखि दुधसम्म, पानीदेखि तेलसम्म निम्न गुणस्तरको । हरियो तरकारी तथा सागपातदेखि चामल, गेडागुडी, दालमा पनि विषादीको मिसावट । आखिर [...] - अनिल न्यौपाने, वैशाख २८ / त्रिभुवन विश्वविद्यालय चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम)ले विदेशि विद्यार्थीले पनि प्रवेश परीक्षा दिनु पर्ने निर्णय गरेको छ । करीव दुई हप्ता अघि बसेको आइओएम फ्याकल्टि बोर्डको बैठकले पिजी पढ्ने विद्यार्थीका लागि सो निर्णय गरेको हो । यसअघि नेपाली विद्यार्थीले मात्र प्रवेश परीक्षा दिनुपर्ने प्राब्धान थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन [...] - अनिल न्यौपाने, वैशाख २८ / प्रसुती गृह थापाथलीमा स्थापना गरिएको निःसन्तान उपचार केन्द्रमा आइभीएफ (जसलाई टेष्ट्युब बेबी भनिन्छ) प्रबिधि दास्रो प्रयासमा सफल भएको छ । ५ जना महिला मध्ये ४ जनामा कृतीम गर्भधान सफल भएको अस्पतालले जनाएको छ । यो सफलता संगै अस्पतालले तेस्रो चरणका लागि पनि तयारी शुरु गरेको अस्पताल निर्देशक [...] - स्वास्थ्य खबरपत्रिका, वैशाख २७ / सोह् वर्षदेखि सञ्चालनमा रहेको पिपुल्स डेन्टल कलेज बन्द हुने अवस्थामा पुगेको छ । कलेज व्यवस्थापनले ऋणमा चुर्लुम्म डुबेको तर्क देखाएर कलेज चलाउँन नसक्ने भन्दै विश्वविद्यालयसमक्ष हात उठाएपछि कलेज नै बन्द हुने अवस्था आएको हो । सन् १९९७ देखि सञ्चालनमा रहेको सो कलेजमा हाल बिडिएस पहिलो वर्षमा ६५ विद्यार्थी [...] - वैशाख २६, जनकपुर / महोत्तरी सहोडवा-४ की चन्द्रादेवी झाले चारवटी छोरी पाइसकेकी थिइन् । त्यसैले गर्भमा रहेको बच्चा छोरा वा छोरी हो छुट्याउन जनकपुर प्रसूति नर्सिङ होममा आइन् । पाँच महिनाकी गर्भवती चन्द्राको अल्ट्रासाउन्ड गरेर डा. नीलम चौधरीले छोरी भएको जानकारी दिइन् । तर, जब बुधबार उनको गर्भपतन भयो त्यसपछि थाहा भयो पेटमा छोरा पो रहेछ । गर्भ परीक्षणपछि [...] |