कागती बहुउपयोगी र गुणकारी फल हो । कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि बचाउँछ । कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउँछ । कागतीले ब्ल्डप्रेसर घटाउँछ, पाचन शक्ति बढाउँछ, राम्रो कोलेस्टेरोल बढाउँछ [...]

टमाटरलाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ । यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ । यसलाई सलादको रुपमा पनि खाने गरिएको छ । टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक हुन्छ । यसले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ । यसमा भिटामिन ए र पोटासियम तत्व पाइन्छ । यसमा [...]

कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँुदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र [...]

आयुर्वेदमा तुलसीको प्रयोग र गुणलाई महत्व दिइएको पाइन्छ । प्राचीन चिकित्सा वैज्ञानिक महर्षि चरकले चरक संहितामा तुलसीको रोगनाशक गुणको बारेमा उल्लेख गरेका छन् । तुलसी पाँच प्रकारको भएको मानिन्छ । तैपनि रंगका आधारमा दुई थरीका हुन्छन् । श्याम तुलसी (गाढा हरिया र कालो) र श्वेत तुलसी (सेतो, हल्का हरियो, हल्का पहेँलो) । दुई थरी तुलसी [...]

मेवा तराई र भित्री मधेसमा सजिलै उपलब्ध हुने फल हो । यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ । त्यसो त, मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ ।  प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ । [...]

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ ।   लसुनका सामान्य लाभ   आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि [...]