|
मरेपछि पनि सास्ती खेप्नुपर्ने बाध्यता सुदर्शन रिजाल, दाङ / सरकारले गाउँगाउँका सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा परिणत गर्ने र ती सबै स्वास्थ्य संस्थामा एमविविएस डाक्टरको व्यवस्था गर्ने नारा लिइरहँदा राप्ती अञ्चलका दुई तिहाई भन्दा बढी प्राथमिक स्वास्थ्यकेन्द्र डाक्टरबिहीन छन् । राप्ती अञ्चलका ग्रामीण बासीन्दा डाक्टर नहुँदा जीवित छँदा उपचार नपाउनुको पीडामा त छन् [...] - अनिल न्यौपाने, स्वास्थ्य खबरपत्रिका / नेपाल स्वास्थ्य क्षेत्रको सहश्राब्दी विकास लक्ष्य पूरा गर्ने नीति र रणनीतिमा सफल देखिएको छ । स्वास्थ्यतर्फका लक्ष्य पूरा गर्न सरकारले क्षेत्रगत नीति प्रणाली (ंसेक्टरवाइड एप्रोच) र समग्र सुधारका लागि स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम (एनएचएसपी)को अवधारणा ल्याएको थियो । हालका अवधारणा तथा कार्यक्रमका कारण नेपालले सहश्राब्दी विकास [...] - स्वास्थ्य खबरपत्रिका, माघ २६/ वीर अस्पतालमा मतिष्कसम्बन्धी रोगका विश्वमै दुर्लभ मानिने दुई शल्यक्रिया सफल भएका छन् । १६ महिने बालिका लासता सुवेदीको भेन अफ ग्यालेन एनोरिजम र ३३ वर्षे देबिलक्ष्मी महर्जनको जाइन्ट एनोरिजमको सफल शल्यक्रिया वीरमा भएको हो । महर्जनको शल्यक्रियाका लागि १६ घण्टा र सुवेदीको शल्यक्रियाका लागि लागि १० घण्टा लागेको वीर अस्पततलका [...] - बासुदेव न्यौपाले, स्वास्थ्य खबरपत्रिका, २०६९ पुस १८ / वीर अस्पतालमा अल्सर भएर आमाशयबाट सानो आन्द्रामा जाने निकाश बन्द ( ग्याष्ट्रिक आउटलेट अप्ट्रक्सन्) भएका बिरामीहरुको विना अप्रेशन उपचार सेवा शुरु भएको छ । यसअघि ग्याष्ट्रिक आउटलेट अप्ट्रक्सन भएका बिरामीहरुका लागी अप्रेशन मात्र बिकल्प थियो । अप्रेशन गर्दा उपचार सेवा खर्चिलो, जोखिम र समय धेरै [...] - बासुदेव न्यौपाने, स्वास्थ्य खबरपत्रिका, २०६९ पुस १८ / काठमाडौँ सीतापाइलाका राजेन्द्र बुढाथोकी र प्र्रेम मानन्धरको कुखुरा फर्मका बर्डफ्लु सङ्क्रमित कुखुरा सबै आज मारिएको छ । केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि हिजो ल्याइएको कुखुरामा बर्डफ्लु पुष्टि भएपछि विशेषज्ञ टोलीले फर्मकासबै कुखुरा मारेर नष्ट गरेको हो । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र जिल्ला पशुसेवा कार्यालयबाट [...] - स्वास्थ्य खबरपत्रिका, २०६९ पुष ८ काठमाण्डौ मेडिकल कलेज (केएमसी) र नेपाल मेडिकल कलेज (एनएमसी) मा स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापनको अनुगमन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि वास्कोटाको नेतृत्वमा स्थानीय विकास मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाका प्रमुख, फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक तथा शिक्षा, उद्योग र वातावरण मन्त्रालय लगायतका उच्च [...] स्वास्थ्य खबरपत्रिका, चन्द्रकान्त खनाल, बुटवल / कुनै अस्पतालको भौतिक संरचना वा भवन निर्माण हुन कति बर्ष लाग्ला, ३ बर्ष, ५ बर्ष या ७ बर्ष ? कपिलवस्तुको कृष्णनगरस्थित एक भवन निर्माण हुन ३ दशकभन्दा बढी समय लागेको छ । स्थानीयवासीको पहलमा पञ्चायतकालमै निर्माण शुरु गरिएको कृष्णनगरको सामुदायिक अस्पतालको निर्माण अझै सम्पन्न भएको छैन । [...] स्वास्थ्य खबरपत्रिका, काठमाडौं / एभरेष्ट टूथपेष्ट फेरि बजारमा देखा परेको छ । बिगतमा एकमात्र नेपाली टूथपेष्टका रूपमा स्थापित सो टुथपेष्टले चाँडै नै ब्रस र जेलसमेत ल्याउने दाबी उत्पादकहरूले गरेका छन् । करिब ३० वर्ष पुरानो, नेपालीको श्रम, सीप, लगानी र प्रविधिबाट उत्पादित तथा एक समय उपभोक्तामाझ लोकप्रिय र उत्कृष्ट उत्पादनका रूपमा स्थापित सो टुथपेष्टले [...] स्वास्थ्य खबरपत्रिका,ललितपुर / ग्वार्कोस्थित ग्लोवल अस्पतालमा व्यवस्थापन परिवर्तन भएको छ । ग्लोवल अस्पताललाई नयाँ व्यवस्थापनले पुनंसरचना गरी थप सेवाका साथ सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक श्याम श्रेष्ठले बताए । अस्पतालले प्रदान गर्दै आएका सेवालाई अझ सेवामूलक र सर्वसुलभ बनाउन आधुनिक उपकरणसमेत थप गरेको छ । अस्पताल नयाँ व्यवस्थापनले सिटि स्क्यानसहित न्युरोलोजिको विशेषज्ञ सेवा थप गरेको [...] |