स्वास्थ्य खबरपत्रिका

जीवन अमूल्य छ, लापरबाही नगरौं …………….. किनकि ?
६० वर्ष उमेर अगाडि ९० लाखको मृत्यु नसर्ने रोगका कारण हुन्छ

सन् २००८ मा नसर्ने रोगका कारण ३ करोड ६० लाखको मृत्यु भयो

सन् २००८ मा ७६ लाखको क्यान्सरका कारण मृत्यु भएको थियो

विश्वभरी मधुमेहका करिब ३४ करोड ७० लाख रोगी छन्

विश्वभरी २ करोड ३५ लाख दमका बिमारी छन्

सन् २००८ मा मुटुसम्बन्धी रोगबाट एक करोड ७३ लाख  मानिसको मृत्यु भयो

मुटुसम्बन्धी रोगबाट हुने मृत्यु सन् २०३० सम्ममा हरेक बर्ष २ करोड ३३ लाख हुनेछ

९४ लाख मानिसहरुको प्रत्येक वर्ष मुटुसम्बन्धी रोगका कारण मृत्यु हुन्छ ।

- स्वास्थ्य खबरपत्रिका, २०७० वैशाख अंकमा प्रकाशित

धूमपान त्याग्ने उपाय
धूमपान त्याग्न सर्वप्रथम मानसिक रुपले तयार हुनुहोस् । विश्वाससहित प्रकृतिको रहस्य ( यदि भगवान मान्नुहुन्छ भने भगवानलाई ) सम्झेर चुरोट छोड्ने प्रण गर्नुहोस् र यस कार्यमा लागि आवश्यक आत्मबल प्राप्त गर्न प्रार्थना गर्नोस् । चुरोट छोड्ने कार्यमा दृढता र आत्मबल जुटाउनु सबैभन्दा महत्वपूर्ण कार्य हो ।

एउटा तिथि निश्चित गर्नुहोस् र त्यो दिन धूमपान चटक्क छाडिदिनुहोस् । धूमपान छाड्ने वित्तिकै तपार्इंका शरीरले धूमपानका खराबीबाट स्वास्थ्य लाभ भएको अनुभव गर्न थाल्ने छ । शुरुशुरुमा रिंगटा लाग्नु, रिस उठ्नु, टाउको तथा घाँटी दुख्नु जस्ता लक्षण देखिन्छन् । तर चिन्ता नगर्नुहोस् यो सामान्य कुरा हो । एक, दुई हप्तामा यीसमस्या स्वतः हराएर जानेछन् ।

आफ्नो कोठाबाट सम्पूर्ण धूमपानका साधनः जस्तै तमाखु, खैनी, चुरोट, बिँडी, लाइटर, सलाई, हुक्का, एस्ट्रे आदि फ्याँकी दिनुहोस् । शुरुशुरुमा आफूलाई भरसक व्यस्त राख्नुहोस् । सधैं सक्रिय रहनुहोस्, दौडधूप गर्नुहोस्, यसले तपार्इंलाई मद्दत गर्नेछ । पानी धेरै पिउनुहोस् र पानीको चाँडो सधै नजिकमा राख्नुहोस् र बीच बीचमा पनि पिउनुहोस् । चुरोट नकिनेर बँचाएको पैसाले आफ्नो व्यवहारको कुनै विशेष सामान किन्नुहोस् । चुरोटको तलतल लागेमा ल्वाङ्ग अथवा सुकमेल मुखमा हाली खेलाई रहनोस् । आफ्नो कार्यक्रममा परिवर्तन ल्याउनुहोस् र सधैं चुरोट किन्ने गरेको पसलतिर नजानुहोस् ।

- स्वास्थ्य खबरपत्रिका, २०७० वैशाख अंकमा प्रकाशित

चुरोट खानेले नखानेलाई मार्दै छन्
‘सेकेन्ड ह्यान्ड’ स्मोकिङ्का १० तथ्य

सेकेन्ड ह्याण्ड स्मोकिङ् भनेको त्यो धुँवा हो जुन अरूले चुरोट सल्काएपछि वातावरणमा फैैलिन्छ  र  सेवन  नगर्ने  व्यक्तिलाई पनि त्यत्तिकै असर गर्छ ।

विश्व स्वास्थ संगठनको सूर्ती नियन्त्रणसम्बन्धी महासन्धिकोे धारा ८ अनुसार धूमपानको धुँवाको कुनै सुरक्षित मात्रा छैन । सय प्रतिशत धुँवामुक्त वातावरण मात्र जनतालाई सेकेन्ड ह्यान्ड स्मोकिङबाट बँचाउने उपाय हो ।

सेकेन्ड ह्यान्ड स्मोकिङ्ले ६० लाख मानिसको अल्पायुमा मृत्यु हुन्छ । धुँवामा ४ हजार भन्दा बढी रसायन हुन्छन् र यीमध्ये २ सय ५० वटा रसायन बढी हानिकारक मानिन्छन्  । यीमध्ये ५० भन्दा बढीले क्यान्सर लगाउने सम्भावना हुन्छ ।

वयस्क मानिसमा सेकेन्ड ह्यान्ड स्मोकिङ्का कारण मुटु र स्वासप्रश्वाससम्बन्धी क्यासर हुन्छ । साथै गर्भवती महिलालाई यसको असर परेमा कम तौल भएका बच्चा जन्मन्छन् ।

छुट्टै वा भेन्टिलेटेड चुरोट खाने क्षेत्रले पनि सेकेन्ड ह्यान्ड स्मोकिङबाट बचाउँदैन । सेकेन्ड ह्यान्ड स्मोक एउटा क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै बहन सक्छ ।

लगभग ४० प्रतिशत बालबालिका सेकेन्ड ह्यान्ड स्मोकिङ्को प्रभावमा पर्छन् । बालबालिकाको मृत्युको ३१ प्रतिशत कारण सेकेन्ड ह्यान्ड स्मोकिङ् हो ।

सेकेन्ड ह्यान्ड स्मोकिङ्को प्रभावमा पर्ने युवा दुई गुणा बढी चुरोटको लतमा लाग्ने गर्छन् ।

विश्वको दश प्रतिशत सूर्तिजन्य पदार्थको आर्थिक भार सेकेन्ड ह्यान्ड स्मोकिङ्मा जान्छ ।

विश्वका ९४ प्रतिशत व्यक्ति धुवाँमुक्त कानुनका कारण असुरक्षित छन् । तर सन् २००८ मा सेकेन्ड ह्यान्ड स्मोकिङ्को कडा नियमका कारण यसबाट हुने असुरक्षा ७४ प्रतिशतमा झरेको छ । विश्वको सयवटा धेरै जनसंख्या भएका शहरमध्ये २२ वटा मात्र धुँवारहित छन् ।

सेकेन्ड ह्यान्ड स्मोकिङ्बाट बचाउँन विश्व स्वास्थ्य संगठनले एमपावर नामक प्याकेज ल्याएको छ, जुन सूर्ती नियन्त्रणसम्बन्धी महासन्धिमा उल्लेखित छ ।

बढ्दैछ मिर्गौला एट्याक
सामान्य लापरवाहीले मिर्गौला रोगको खतरा

- डा. अनिल बराल,

मिर्गौला रोग विशेषज्ञ,

वीर अस्पताल /

हरेक बर्ष मार्च महिनाको दोश्रो बिहीबार अर्थात् मार्च १४ मा विश्व मिर्गौला दिवस मनाइन्छ ।  यो आठौं विश्व मिर्गाैला दिवस हो । यो दिवस अन्तर्राष्ट्रिय मिर्गौला समाज र मिर्गाैलासम्बन्धी अन्तर्राष्ट्रिय महासंघले शुरु गरेको हो । नेपालमा पनि मिर्गौला समाजले बर्षेनी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ । यो बर्ष मिर्गौला दिवसको मुख्य उद्देश्य मिर्गौलामा हुने आक्रमण (मिर्गौला एट्याक)को बारेमा जनचेतना जगाउनु रहेको छ । मिर्गौला एट्याक (एकेआइ) भनेको यस्तो अवस्था हो, जतिबेला शरीरका दुबै मिर्गाैलाले अकस्मात् काम गर्न छाड्छन् ।

यस अवस्थाको विपत्तिको सामना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न तयारी गर्नुपर्ने टड्कारो आवश्यकता छ । यससँगै किड्नी एट्याकबारे आवश्यक जनचेतना अभिवृद्धि गर्नुपर्ने, यसबाट बच्ने उपाय खोजिनु पर्ने र भएको अवस्थामा शीघ्र निदान गरी सही उपचार गर्नुपर्ने खाँचो रहेको छ ।

मिर्गौला एट्याकको विश्वव्यापी अवस्था

रगतमा ० दशमलव ३ मिली प्रतिडेसिलिटर भन्दा बढी क्रियाटिनिन्को मात्रा बढेमा, पहिलेको देखिएको क्रियाटिनिनको मात्रा १५ प्रतिशतले बढेमा वा ० दशमलव ५ मिलि प्रतिकेजी प्रति घण्टा भन्दा कम पिसाबको मात्रा रहिरहेमा (बढीमा ६ घण्टासम्म) विरामीलाई एक्यूट किड्नी इन्जूरी (एकेआई) भएको मान्ने गरिन्छ । एक अध्ययन अनुसार प्रति दश लाख जनसंख्यामा २ हजार १ सय ४६ जनामा एकेआई भएको दखिएको छ ।

साथै अर्को अध्ययनले डायलाइसिस् चाहिने विरामीको संख्या प्रति दश लाखमा २ सय ४४ जना प्रति वर्ष रहेको देखाएको छ । साथै यो अवस्था हरेक बर्ष बढ्दो क्रममा देखिएको छ । यसबाट पुरुष र बृद्धहरु बढी प्रभावित भएका छन् । तर दुःखद कुरा के भने नेपालमा यसको उचित अनुसन्धान त भएको छैन नै, पूर्ण तथ्याङ्क समेत छैन ।

वीर अस्पतालको १० बर्षको तथ्याङ्क हेर्दा यो अवधिमा कूल ८ सय ४२ बिरामीमा एकेआई देखा परेको छ । जसमा जटिल संक्रमणका कारण १ सय ७६, झाडापखालाले १ सय १९, अरिंगालको टोकाईबाट ५२, गर्भावस्थासँग जोडिएका अवस्थामा ४०, विभिन्न औषधि तथा जडिबुटीको प्रयोगबाट २०, मिर्गौलाको पत्थरी र अन्य रोगको कारणले ५८ जना र अन्य रोगका कारण ६६ जना विरामीमा एकेआई पाइएको थियो । यो सामान्य आकडामा पनि एकेआइका विरामी प्रतिबर्ष बढ्ने क्रममा नै देखिएका थिए ।

अस्पतालमा भर्ना भएका विरामीको तथ्याङ्क केलाउँदा विकसित मुलुकमा एकेआइले ३ दशमलव २ प्रतिशतदेखि ९ दशमलव ६ प्रतिशत विरामीलाई छुने गरेको देखिएको छ । करिब २० प्रतिशत यस्ता विरामीको मृत्यु नै हुन्छ । एकपटक एकेआइ भएर निको भएका विरामीमा दीर्घकालीन रुपमा मिर्गाैला फेल हुने खतरा पनि बढेको देखिएको छ । सिकिस्त भएर आइसियुमा भर्ना हुने विरामीमध्ये ५ देखि ६ प्रतिशतमा एकेआई भएर डायलाइसिस गर्नु पर्छ । यस्तो अवस्थाको मृत्युदर ६० प्रतिशत पाइएको छ । संसारभरमा करिब बीस लाख विरामीको एकेआई भएर बर्षेनी ज्यान जाने गरेको अनुमान छ ।

विकासोन्मुख राष्ट्रमा एकेआई

संसारका ८६ प्रतिशत मानिस विकासोन्मुख राष्ट्रमा बस्छन् । यी राष्ट्रमा सुविधा सम्पन्न अस्पताल र दयनीय प्राथमिक स्वास्थ्य सेवाको अवस्था दुबै पाइन्छन् । स्वास्थ्य सेवा बहुसंख्यक जनताको पहुँचभन्दा बाहिर छ । ग्रामिण र दुरदराजका अवस्थाहरु खोतल्ने हो भने ठीक उल्टो देखिन आउँछ । प्रायजसो एकेआई झाडापखाला, संक्रमण (मलेरिया, डेंगु, लेप्टोस्पाइरोसिस, टिटानस, एचआईभी आदि), बिषालु जनावरको टोकाई (सर्प, विच्छी, अरिंगाल, बारुलो), असुरक्षित गर्भपतन, आयुर्वेदिक औषधि एकेआइका प्रमुख कारण देखिएका छन् ।

हाम्रो राष्ट्रले पनि गरीबी र पछौटेपनसँग जोडिएका यी समस्याको अत्यन्त ठूलो मूल्य चुकाइरहेको छ । उचित सरसफाइको अभाव, स्वच्छ खानेपानीको अव्यवस्था, स्वास्थ्य शिक्षाको कमी, पूर्वाधार विकासको अभाव र पहुँच भन्दा बाहिरको स्वास्थ्य सेवा नेपाली जनताको अकाल  मृत्युको कारण बनिरहेका छन् ।

विकसित मुलुकमा एकेआइ

विकसित मुलुकका आइसियुमा रहेका ४५ प्रतिशतसम्म विरामीमा यो समस्या देखिएको छ । यो संख्या बिगत एक दशकदेखि बढ्ने क्रममा पनि छ । एक तथ्याङ्कले त अस्पतालमा भर्ना भएका पाँचमध्ये एक जनामा एकेआई हुने गरेको देखाएको छ । मानिसको सरदर आयुमा भएको बढोत्तरी र बुढेशकालमा धेरै प्रकारका रोग एकै व्यक्तिमा पाइने हुनाले एकेआईको संख्या बढेको अनुमान गरिएको छ ।

यसका विभिन्न कारणमध्ये अप्रेशनको बेलामा रक्तचाप कम भएर मिर्गौलाको रक्त प्रवाहमा कमी आउनु, धेरै एन्टिवायोटिक औषधिको प्रयोगले क्लोस्ट्रिडियम डेफिसिल भन्ने व्याक्टेरियाले लगाउने पखाला, विभिन्न मिर्गौला विनास गर्ने औषधिको प्रयोग, अत्यन्त जटिल संक्रमण (सेप्सिस), विभिन्न कन्ट्रास्ट औषधिको प्रयोग (एक्सरे, सिटीस्क्यान, एन्जियोग्राफी) आदि प्रमुख कारण पाइएको छ । विरामीमा एकेआइ भएपछि रोगसँग लड्ने क्षमता कम हुने र धेरै अंग फेल हुने सभावना रहन्छ ।

अधिकांश ठूला अस्पतालमा जटिल विरामीको उपचार विभिन्न विधाका विशेषज्ञ टोलीले गर्ने गर्छ ।   उनीहरुबीच आवश्यक संचारको कमी र नियमित अन्तरक्रियाको अभावमा विरामीको अवस्था अझ जटिल बन्दै जाने खतरा रहन्छ । एकेआइको सही ज्ञानको अभावमा विभिन्न स्वास्थ्यकर्मीले नै मिर्गौला विगार्ने औषधि अधिक मात्रामा प्रयोग गर्ने खतरा पनि छ । चिकित्सकले दुखाइ कम गर्न  दिने ‘पेनकिलर’लाई उदाहरणका रूपमा लिन सकिन्छ । ‘पेनकिलर’ खाने व्यक्तिको पहिलेदेखि नै मिर्गौला कमजोर रहेछ भने उसलाई एकेआइ हुने खतरा बढेर जान्छ ।

बच्चामा पनि एकेआइको खतरा

बालबालिकामा एकेआइ हुने क्रम प्रत्येक बर्ष बढिरहेको पाइएको छ । बालबालिकामा जन्मजात हुने मिर्गौलाका रोगका अलावा विभिन्न संक्रमण, हिमोलाइटिक युरेमिक सिन्ड्रोम र विभिन्न मिर्गौला बिगार्ने बिषादीको प्रयोग भएका खानेकुराले एकेआइको खतरा हुन्छ । एकेआइकै कारण बच्चादेखि बयस्कसम्म सबै उमेरका बिरामीको मृत्युसमेत भएको देखिन्छ । मुटुमा हुने ‘एन्जाइना पेक्टोरिस’ जस्तै मिर्गौलाको पनि ‘रिनल एन्जाइना’ प्रतिपादन गरिएको छ, ताकि यो समस्या पनि बेलैमा निदान गरी ऐकेआइ हुनबाट जोगाउन सकियोस् । बच्चाहरुमा ‘रिनल एन्जाइना’को पहिलो लक्षण पानीको मात्रा बढी भएर घाँटीका नशाहरु फुल्ने र गोडा सुन्निएर आउने तथा अनुहार फुलेको देखिनु हो ।

एकेआइका संभावित जटिलता

उच्च मृत्युदर बाहेक यस अवस्थाका अरु महत्वपूर्ण असर पनि देखिन्छन् । एकेआइ भएपछि विरामी  अस्पतालमा लामो समय भर्ना हुनुपर्छ । यस्ता विरामीको उपचारमा अत्यन्त धेरै साधन र स्रोतको खर्च हुनेगर्छ । भेन्टिलेटरमा भएका विरामीलाई एकेआइ भएमा उनीहरुलाई भेन्टिलेटरबाट निकाल्न अत्यन्त गा¥हो हुन्छ । अस्पतालबाट डिस्चार्ज भएर गए पनि आफ्नो काममा फर्कन उनीहरुलाई बढी समय लाग्ने गर्दछ । यसले विरामीको भविष्यमा मिर्गौला फेल हुने खतरा पनि बढ्न जान्छ ।

एकेआइबाट जोगिन सकिन्छ ?

एकेआइ धेरै देखिन थालेको र उपचार जटिल भएको समस्या भएपनि यसको उपचार संभव छ । हालसालै केडिगो (विश्वस्तरीय मिर्गौलासम्बन्धी रोगको योजना तर्जुमा गर्ने संस्था) ले यस रोगका सम्पूर्ण पाटोलाई व्यवस्थित गर्दै, अन्तर्राष्ट्रिय मापदण्ड पनि प्रकाशित गरेको छ । जसले गर्दा  यसको उपचार प्रक्रिया पनि सजिलो भएको छ ।

एकेआइबाट बच्ने प्रक्रिया समुदायबाट नै शुरु हुन्छ । एकेआइ हुने खतरामा रहेको व्यक्तिको शीघ्र पहिचान गर्नुपर्छ । जलवियोजन भएका झाडापखालाका विरामी, बढी उमेर भएका, मधुमेह वा मिर्गौलामा पानीको फोका हुने बिरामीले पेनकिलरको प्रयोग गर्नु हुँदैन । कतिपय रक्तचाप नियन्त्रण गर्ने औषधि, एन्टिबायोटिक र अरु औषधिको प्रयोग जथाभावी गर्नु हुँदैन । पानी प्रसस्त पिउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहारविहारमा ध्यान दिने, धूमपान नगर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने र कुनै रोग लागिहालेमा सही समयमा उपचार गर्ने गरेमा एकेआइबाट बच्न सकिन्छ ।

रक्तचापको नियन्त्रणमा राख्ने, शरिरमा पानी तथा लवणको मात्रा सामान्य बनाउने, हिमोग्लोबिन र अक्सिजन पर्याप्त मात्रामा राख्नु, मिर्गाैला बिगार्ने औषधीको कम प्रयोग गर्नु, एक चिकित्सकले आफ्नो विरामीको किड्नी एट्याक नहोस भनेर गर्नु पर्ने न्यूनतम कार्यहरु गर्नाले बाट बच्न र बचाउन सकिन्छ ।

किड्नी एट्याकमा डायलाइसिस

एकेआइ जटिल भएपछि मिर्गौलाको सहयोगका लागि डायलाइसिस् गर्नुपर्ने हुन्छ । यो प्रक्रिया पेटमा पाइप राखेर वा मेसिनको सहायताले गर्न सकिन्छ । मेसिनले गरिने डायलाइसिस्का पनि विभिन्न प्रकार रहेका छन् । हालसालै केडिगोले सार्वजनिक गरेको मापदण्ड अनुसार एकेआइका बिरामीको डायलाइसिस डोज पनि तोकेको छ ।

अल्पविकसित राष्ट्रहरुमा मेसिनबाट गरिने डायलाइसिस खर्चिलो हुने हुँदा सर्वसुलभ बन्न सकेको छैन । पेटबाट गरिने डायलाइसिस भने प्राथमिक उपचार केन्द्रमा पनि गर्न सकिने भएकोले यसको विस्तार गर्न अत्यन्त आवश्यक छ । यसबाट कैयौं कम उमेरका मानिसको पनि अकालमा हुने मृत्यु कम गर्न सकिन्छ । अझ नेपाल जस्तो देशमा त बालबालिकाको डायलाइसिस सुविधा छँदैछैन भने पनि हुन्छ ।

सरोकारवालाको भूमिका

सरकारी निकायले एकेआइको खतरा, रोग पछिको अवस्था र मृत्युलगायतका बिषयमा अस्पताल तथा समुदायमा अनुसन्धानका लागि आवश्यक स्रोत र साधनको व्यवस्था गर्नुपर्छ । एकेआइ रोकथामका लागि बजेट व्यवस्था गरी विभिन्न प्राकृतिक प्रकोप (बाढी), दुर्गन्धित वातावरण, दूषित पानी र बिषालु जनावरबाट हुने एकेआइको नियन्त्रण प्रयास गरिनुपर्छ । औलो, डेंगु, लेप्टोस्पाइरोसिस, एचआइभीजस्ता संक्रमणमा हुने उच्च एकेआइका अवस्था कम गर्न यी रोगको नियन्त्रण तथा उपचारमा प्राथमिकता दिइनुपर्छ ।

सुरक्षित मातृत्व कार्यक्रममार्फत् गर्भवती महिलामा हुने एकेआइ कम गर्न उचित ध्यान दिइनुपर्छ । विभिन्न स्वास्थ्यकर्मी र सर्वसाधारणमा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्छ । यसैगरी समुदायले एकेआईका विभिन्न आयामबारे सही सूचना लिने बानीको विकास गरी मिर्गौलालाई असर गर्ने बिभिन्न औषधिको प्रयोग रोक्नुपर्छ ।  स्वास्थ्यकर्मीहरुले पनि एकेआई विकसित हुनसक्ने विरामी र अवस्थाको समयमा नै पहिचान गरी उचित व्यवस्थापन गर्नु जरुरी छ । समयमा रिफर गर्ने बानी बसाउने, मिर्गाैलामा नकरात्मक असर गर्ने तत्वहरुको पहिचान गरी सकभर तिनको प्रयोग नगर्ने गर्नुपर्छ । बिरामीको पहिचान गर्न र बचाउका लागि यो समुदायको ठूलो भूमिका हुन्छ ।

यसमा मिर्गौला विशेषज्ञहरुको पनि ठूलै भूमिका हुन्छ । उनीहरुले एकेआइ पहिचान, उपचार र बचावटका लागि विभिन्न मापदण्डको अबलम्बन गरी यसमा अध्ययन र अनुसन्धानको मात्रा बढाउन सक्छन् । नयाँ उपचार पद्दतिको विकास गर्ने, नियमित शैक्षिक कार्यक्रमको आयोजना गर्ने र सरोकारवालासँग उचित समन्वय गरी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने काम यो समुदायबाट भएमा पीडित वर्ग पक्कै पनि लाभान्वित हुनेछ ।

- स्वास्थ्य खबरपत्रिका, २०७० वैशाख अंकमा प्रकाशित

उच्च रक्तचाप : सुषुप्त हत्यारा
डा. प्रकाशराज रेग्मी

बरिष्ठ मुटुरोग बिशेषज्ञ /

उच्च रक्तचाप (हाई ब्लडप्रेसर) मुत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ । धेरै अवस्थामा यो रोग आधुनिक सभ्यता, मानसिक तनाव र जीवनशैली परिवर्तनको नजिता हो । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार ठाउँ हेरिकन ५ देखि २० प्रतिशत जनतालाई उच्च रक्तचाप भएको फेला परेको छ । यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै विरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खत्तम पार्दै लगेर विरामीलाई मृत्युको मुखमा पु¥याउँछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ । तसर्थ उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ ।

मुटु शरीरको एक महत्वपूर्ण अङ्ग हो जुन नियमित रुपमा खुम्चने र फुक्ने गर्छ । यसलाई हामी मुटुको धड्कन भन्दछौं । शरीरमा रक्तसंचारका लागि मुटुले पम्पको काम गर्छ । मुटु खुम्चदा शरीरका विभिन्न अङ्गमा सफा रक्तसंचार हुन्छ भने मुटु फुक्दा शरीरका विभिन्न अङ्गहरुबाट प्रदूषित रगत मुटुमा जम्मा हुन आउँछ । यो खुम्चने र फुक्ने प्रक्रियालाई क्रमशः सिस्टोल र डास्टोल भनिन्छ । रक्तनलीमा रक्तसञ्चार हुँदा उत्पन्न हुने चापलाई रक्तचाप भनिन्छ । रक्तचापका दुई भाग हुन्छन्ः सिस्टोलिक र डायस्टोलिक ।

मुटु खुम्चिएको बेला मुटुबाट बेगसाथ निस्केको रगतले रक्तनलीमा दिएको चापलाई स्टिोलिक रक्तचाप भनिन्छ भने मुटुको डायस्टोलको अवस्थामा रक्तनलीमा उत्पन्न हुने चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । सिस्टोलमा रक्तचाप बढी र डायस्टोलमा कम हुन्छ । स्वस्थ मानिसमा स्टिोलिक रक्तचाप ९० मि.मि. देखि १४० मि.मि.सम्म र डायस्टोलिक रक्तचाप ६० मि.मि. देखि ९० मि.मि.सम्म हुन्छ ।

विश्व स्वास्थ्य संघको परिभाषा अनुसार स्टिोलिक रक्तचाप १४० मि.मि. वा बढी भएमा र डायस्टोलिक रक्तचाप ९० मि.मि. वा बढी भएमा यस्ता व्यक्तिलाई उच्च रक्तचाप भएको मानिन्छ । कुनै पनि व्यक्तिको पूर्ण मानसिक तथा शारीरिक विश्रामको अवस्थामा दिनको एउटै प्रहारमा दुई वा सोभन्दा बढी पटक उच्च रक्तचाप भएको पाइएमा उसलाई उच्च रक्तचापको रोगद्वारा पीडित व्यक्ति भनेर भन्न सकिन्छ । एकै पटक मात्र उच्च रक्तचाप भएको भेटिँदैमा उच्च रक्तचापको रोगीको संज्ञा दिन मिल्दैन ।

उच्च रक्तचापका रोगीमध्ये ९० देखि ९५ प्रतिशत रोगीमा उच्च रक्तचापको कारण यो नै हो भनेर ठम्याउन सकिँदैन । अर्थात् कारण अज्ञात रहन्छ । यसप्रकार कारण अज्ञात रहेको उच्च रक्तचापलाई प्राथमिक उच्च रक्तचाप भनिन्छ । कारण अज्ञात रहे पनि केही यस्ता कारक तत्वहरु वर्णन गरिएका छन् जसले प्राथमिक उच्च रक्तचाप उत्पन्न गराउनमा सहयोग पु¥याउँछन् । ५ देखि १० प्रतिशत उच्च रक्तचाप भएका रोगीहरुमा उच्च रक्तचापको कारण यो नै हो भनेर ठम्याउन सकिन्छ । यी रोगीहरु धेरैजसो ३० वर्षभन्दा कम उमेरका हुन्छन् र उनीहरु कुनै शारिरीक रोगबाट पीडित हुन्छन् । जुन रोगको कारणबाट नै उच्च रक्तचाप विकास भएको हुन्छ । यस प्रकार कुनै विशेषका कारण उत्पन्न भएको उच्च रक्तचापलाई सेकेन्ड्री उच्च रक्तचाप भनिन्छ । यी कारक रोगहरुको उपचार गरेमा सेकेन्ड्री उच्च रक्तचाप ठीक भएर जान्छ ।

सेकेन्डी« उच्च रक्तचापका कारण

मिर्गौलाका रोगहरु

मिर्गौलामाथि रहेको एड्रिनल ग्रन्थीका रोगहरु

मिर्गौलामाथि रहेको ग्रन्थीको ट्यूमर

गलगाँड (कण्ड ग्रन्थी) का रोगहरु

रक्तनली साँगुरिने रोगहरु

स्टेरोइड जातका औषधिको सेवन

उच्च रक्तचाप भए, नभएको कसरी थाहा पाउने ?

उच्च रक्तचाप भए, नभएको थाहा पाउने एउटै मात्र उपाय रक्तचाप नाप्ने हो । रक्तचाप बढेको कुरा नापेर मात्र थाहा हुन्छ, लक्षणमा भर पर्नु हुँदैन । किनकि उच्च रक्तचापको कुनै पनि लक्षण नहुन सक्छ । ३० वर्ष उमेर काटिसकेका स्वस्थ व्यक्तिले कम्तिमा वर्षको १ पल्ट रक्तचाप नाप्नु आवश्यक हुन्छ । टाउको दुख्ने, चक्कर लाग्ने, छाती दुख्ने, दम फुल्ने, नाकबाट रगत आउने आदि भएमा तुरुन्त रक्तचाप जँचाउनु पर्छ । उच्च रक्तचाप उत्पन्न गराउने कारक तत्वहरुको जोखिममा रहेका व्यक्तिहरुले नियमित रुपमा कम्तिमा ३ महिनामा १ पल्ट रक्तचाप जँचाउनु आवश्यक हुन्छ ।

उच्च रक्तचापको जोखिममा को को ?

परिवारमा उच्च रक्तचाप, हृदयाघात, पक्षाघात, मिर्र्गौलाघात, दृष्टिघात आदि भएका

शारीरिक तौल आवश्यक भन्दा बढी भएका

गर्भवती महिला

गर्भनिरोधक (परिवार नियोजनका) चक्की प्रयोग गर्दै गरेका महिला

धुम्रपान गर्ने व्यक्ति

उच्च रक्त कोलेस्टेरोल भएका व्यक्ति

अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति

उपचार

उच्च रक्तचापको उपचार निकै कठिन छ । पछिल्लो समयमा विज्ञानको विकासको फलस्वरुप यस रोगको उपचारका धेरै प्रभावशाली उपाय पत्ता लागिसकेका छन् । उच्च रक्तचाप नियन्त्रण गर्ने थुप्रै औषधि बजारमा उपलब्ध छन् । बिरामीहरु एकै पल्ट उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि शुरु गरीहाल्न मन पराउँदैनन् । कतिपय बिरामीले औषधि नै खाँदैनन् भने कतिपयले शुरु गरे पनि रक्तचाप नियन्त्रण भएपछि औषधि छाडिदिन्छन् । यस प्रकार औषधि छाड्नु हुँदैन भन्ने ज्ञान बिरामीमा छैन । उच्च रक्तचापको उपचारमा ठूलो कठिनाई भनेको यस्तै बिरामीमा उच्च रक्तचापको उपचारप्रतिको अज्ञानता र गलत सोचाइ हटाउनु नै हो । उच्च रक्तचापको औषधि शुरु गरेपछि जिन्दगीभर खाइरहनु पर्छ, यसले शरीरमा साइड इफेक्ट गर्छ, नराम्रो बानी लाग्छ आदि सोचाई राखेर औषधि सेवन गर्न नमान्ने र सेवन गरेपनि बीचमै उपचार रोक्ने जस्तो सोचले आम नेपालीमा जरा गाडेको छ । यो जरालाई उखेलेर फाल्नु र रोगीहरुमा उपचारप्रति विश्वास जागृत गराउनु ठूलो सफल कार्य हुने छ ।

अलिअलि मात्र रक्तचाप बढेका रोगीहरुलाई रक्तचाप घटाउने औषधि शुरु गराई हाल्नुपर्छ भन्ने छैन । औषधि बाहेक रक्तचाप घटाउने यस्ता थुप्रै उपाय छन् जसका बारेमा रोगीलाई चिकित्सकले जानकारी गराउनु आवश्यक हुन्छ । यी उपायहरुबाट पनि उच्च रक्तचापको नियन्त्रण नभएमा मात्र औषधि शुरु गर्नुपर्छ । तर कसैको रक्तचाप अत्यधिक मात्रामा बढेको छ र यसले शरीरमा नकारात्मक असर पारी डरलाग्दा परिणाम ल्याउन सक्ने खतरा देखिन्छ भने औषधिको प्रयोग तुरुन्त गरिहाल्नु पर्छ । साथमा अन्य उपायको पनि प्रयोग गर्दै गरेमा औषधिको सट्टा रक्तचाप नियन्त्रणका अन्य विधि अवलम्बन गर्न लगाउने भन्ने कुराको निर्णय चिकित्सकले गर्नेछन् । यो कुरामा रोगीले सहमति जनाउनु पर्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्ने उपाय

जीवनशैली परिवर्तन गर्ने

उच्च रक्तचाप मानसिक तनावग्रस्त आधुनिक जीवनशैलीको परिणाम हो । अति व्यस्त जीवन, उच्च आकांक्षा, असन्तोष, अत्यधिक कार्यबोझ आदिले रक्तचाप बढाउन मद्दत पु¥याउँछ । आजको युगमा काम नगर्ने, उच्च आकांक्षा नराख्ने व्यक्ति विकासको गतिमा पछाडि पर्छ । अगाडि बढ्ने होडबाजीले रक्तचाप पनि माथि पु¥याउँछ । यसको मतलब रक्तचाप नियन्त्रण गर्न विकासको गीतमा रोक लगाएर जोगी नै बनेर हिँड्नु पर्छ भन्न खोजेको अवश्य होइन । तर रक्तचाप बढ्ने रोग लागेका व्यक्तिले यस प्रकारको व्यस्त जीवनशैलीमा परिवर्तन ल्याउन सके रक्तचाप नियन्त्रण गर्न सजिलो पर्छ । निश्चित दिनचर्या अनुसार काम गर्ने, बढी कार्यबोझ नलिने, विवादास्पद काममा हात नहाल्ने, अफिसको काम घरमा कहिल्यै पनि नल्याउने, महत्वाकांक्षी नबन्ने, काममा फलको आशा बढी नगर्ने, असफलतालाई सजिलैसँग स्वीकारी हतोत्साहित नहुने, छुट्टीको दिनमा मिटिङ्ग तथा अफिसका काम छाडेर श्रीमती÷श्रीमान् वा बालबच्चालाई पनि समय दिने, उनीहरुसँग छुट्टीको समयमा घुम्न जाने, प्रत्येक वर्ष १ पल्ट २–३ हप्ताको छुट्टी मिलाई विश्राम र मनोरञ्जन गर्ने बानी बसाल्ने गर्नुपर्छ । यस प्रकार जीवनशैलीमा परिवर्तन ल्याउन आफूले प्रयास गरे असम्भव छैन ।

खाद्य पदार्थमा नुनको मात्रा घटाउने

उच्च रक्तचाप र नुनको प्रत्यक्ष सम्बन्ध छ । रक्तचाप घटाउन खाद्य पदार्थमा नुनको मात्रामा कटौती गर्नु अत्यावश्यक छ । उच्च रक्तचाप नियन्त्रण गर्न दैनिक ३ देखि ५ ग्रामभन्दा बढी नुनको उपभोग गर्नु हुँदैन । खाना पकाउँदा अत्यन्त कम मात्रामा नुन राख्ने, खाना खाँदा अतिरिक्त नुन उपभोग नगर्ने, बट्टा भित्रका नुन बढी हुने खाद्य पदार्थ नखाने, बोतलमा राखेको अचार र पापड नखाने, नुनिलो बदाम, आलु चिप्स, नम्किन विस्कुट नखाने, चिज, बटर जस्ता नुन बढी हुने बस्तु नखाने, स्वादका लागि नुनको सट्टा कागती, मरिच, तोरीको पिना आदि प्रयोग गर्ने गर्नुपर्छ ।

मोटोपन घटाउने

धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिको शारीरिक तौल आवश्यकभन्दा बढी हुन्छ । तौल घटाउनासाथ रक्तचाप पनि घट्छ । यस कारण उच्च रक्तचाप नियन्त्रण गर्न शारीरिक तौल घटाउनु जरुरी हुन्छ ।

योग अभ्यास गर्ने

मन र मस्तिष्कलाई शान्त पार्न सके उच्च रक्तचाप पनि शान्त भएर जान्छ । योग अभ्यासको माध्यमबाट मन र मस्तिष्कलाई शान्त पार्न सकिन्छ । तन्त्रयोग यस्तो उपाय हो जसबाट मन र मस्तिष्कलाई विश्राम प्राप्ती हुन्छ र उच्च रक्तचाप तथा अन्य हृदयका रोग समाधान हुने आशा गरिन्छ । स्वास्थ्य भनेकै शरीर र मस्तिष्क बीचको शान्तिपूर्ण सह–अस्तित्व हो । उच्च रक्तचापले यस्तो शान्तिपूर्ण सह–अस्तित्वलाई खलबल पार्छ । यो खलबलीलाई ठिक पार्ने तन्त्रयोगका चार खुट्किलामध्ये प्रथम खुट्किलो हथयोग हो भने अन्तिम अर्थात् चौथो खुट्किलो राजयोग हो । ध्यानको एक माध्यम हो राजयोग । राजयोग उच्च रक्तचाप घटाउने अत्यन्त प्रभावकारी उपाय हो । यस प्रकार तन्त्रयोगले हथयोग र राजरोग जस्ता वैज्ञानिक उपायद्वारा शरीर र मस्तिष्कलाई शान्त बनाइ उच्च रक्तचाप तथा मुटुका अन्य रोगको उपचारमा सहयोग पु¥याउँछ । यसले मुटुको रक्षाका लागि दुवै प्रतिकारात्मक र उपचारात्मक महत्व राखदछ ।

नियमित रुपमा व्यायाम गर्ने

व्यायामले रक्तचाप घटाउन मद्दत पु¥याउँछ । हिँड्ने, विस्तारै कुद्ने, पौडी खेल्ने, साइकल चलाउने जस्ता व्यायामले रक्तचाप नियन्त्रणमा सकारात्मक भूमिका खेल्छन् । यस्ता व्यायाम नियमित गर्ने बानी बसाल्नु पर्छ । सबैभन्दा सजिलो र प्रभावशाली व्यायाम नियमित रुपमा दैनिक १ घण्टा कम्तिमा ४ कि.मी. प्रति घण्टाको दरले हिँड्नु हो । हिँड्दा शरीरलाई बढी सकस पर्नु चाहिँ हुँदैन । छाती दुख्ने वा दम फुल्ने अवस्थासम्म पुग्ने गरी व्यायाम गर्नु हुँदैन । विस्तारै शुरु गरेर पछि तिव्रता बढाउँदै जानुपर्छ ।

खानपानमा ध्यान पु¥याउने

उच्च रक्तचाप भएका व्यक्तिले दैनिक खानपानमा विशेष ध्यान दिनुपर्छ । खानामा नुन, चिनी, घ्यू र तेलको मात्रा कम हुनु जरुरी छ । उच्च रक्तचाप भएकाहरुलाई मधुमेह, यूरिक एसिड, उच्च रक्तकोलेस्टेरोल पनि हुने अत्यधिक संभावना रहन्छ । यी रोगको नियन्त्रणका लागि पनि खानापानमा विशेष ध्यान पु¥याउनु जरुरी हुन्छ । कतिपय खाद्यपदार्थहरु यस्ता पनि छन् जसले रक्तचाप नियन्त्रणमा सहयोग पु¥याउँदछन् ।

धूमपान र सूर्ती सेवन नगर्ने

सूर्तीले धमनी कडा र साँगुरो बन्ने प्रक्रियालाई बढाउँछ । रक्तचाप घटाउन इच्छुक व्यक्तिले धूमपान र सूर्ती पूर्णतया बन्द गर्नुपर्छ ।

मदिरा सेवन बन्द गर्ने

थोरै मदिरा (दैनिक २ पेगसम्म) राम्रो र धेरै मदिरा सेवन नराम्रो भन्ने भनाई भएता पनि मदिरा सेवन पूर्णतया बन्द गर्नु नै उत्तम मानिन्छ । मदिरा सेवन नगर्ने व्यक्तिको सोचाई, चालचलन, व्यवहार आदिमा सकारात्मक पक्ष प्रबल रहन्छ ।

रक्तचाप नियन्त्रण गर्ने औषधि

औषधिको सेवनविना माथि वर्णन गरिएका उपाय अपनाउँदा पनि ३ महिना सम्ममा रक्तचाप नियन्त्रण नभए अनिवार्य रुपमा रक्तचाप घटाउने औषधि सेवन गर्नुपर्छ । औषधिले उच्च रक्तचाप रोग निर्मूल पार्दैन बरु यसलाई  घटाएर रक्तचाप नियन्त्रण मात्र गर्छ भन्ने चाहिँ बुझ्नू जरुरी छ । यसकारण रक्तचाप घटाउने औषधि लामो समयसम्म आवश्यकता अनुसार जिन्दगीभर सेवन गरिरहनु पर्छ ।

रक्तचाप ठीक छ भन्दैमा रोगीले खाइराखेको औषधि कदापी छोड्नु हुँदैन । औषधि खाँदा–खाँदै बीचैमा छाड्यो भने हृदयाघात, पक्षाघात, दृष्टिघात आदि जस्ता खतरनाक परिणाम उत्पन्न हुन सक्छन् । यी परिणामबाट जोगिनाका लागि नै नियमित औषधिको सेवन गर्नु जरुरी भएको हो । चिकित्सकको सल्लाह बिना एकाएक आफूखुशी औषधि बन्द गर्नु ज्यानकै लागि खतरनाक छ भन्ने तथ्य सबै उच्च रक्तचाप भएका रोगीले बुझ्नु आवश्यक छ । बानी पर्छ, साइड इफेक्ट हुन्छ भनेर औषधि नखानु अर्को मूर्खता हो । दैनिक औषधि सेवन गरेर सक्रिय जीवन बिताउनु बेस हो कि औषधि सेवन नगरेर अपाङ्ग भई निष्क्रिय जीवन व्यतित गर्नु बेस, यो बिरामी आफंैले रोज्न सक्नेछ ।

उच्च रक्तचापको उपचारमा औषधिको प्रयोग रक्तचाप घटाइ हृदयाघात, पक्षाघात, दृष्टिघात र मिर्गौलाघातबाट बचाउनु हो । उच्च रक्तचापका औषधिले रोग निर्मूल पार्दैनन् । यी औषधिमा साइड इफेक्ट पनि हुन सक्छन् । चिकित्सकले रोगीको परीक्षण गरी सो रोगीका लागि सबैभन्दा उपयुक्त औषधिको चयन गर्दछन् ।

उच्च रक्तचापबारे बुझ्नै पर्ने कुराहरु

उच्च रक्तचाप ज्यानमारा रोग हो । यसले रोगीलाई थाहै नदिइकन मृत्युको मुखमा पु¥याउँछ । यसको उपचारमा ढिलाई र लापरवाही गर्नु हुँदैन । यस रोगका कुनै पनि लक्षण नहुन पनि सक्छन् ।

उच्च रक्तचापको नियन्त्रण नगरे पक्षाघात, हृदयाघात, मिर्गौलाघात, दृष्टिघात जस्ता खतरनाक परिणाम उत्पन्न हुन्छन् ।

पूर्ण शारीरिक परीक्षणपछि उच्च रक्तचापको उपचार शुरु गर्नुपर्छ । उपचार जिन्दगीभर गर्नुपर्छ । रक्तचाप ठीक भयो भनेर चिकित्सकको सल्लाह विना उपचार बन्द गर्नु हुँदैन ।

बानी पर्ला, साइड इफेक्ट होला, शुरु गरे पछि जिन्दगीभर खाई राख्नु पर्ला आदि नराम्रा कुराहरु सोचेर औषधि खान हेलचेक्राई र ढिलाई गर्नु हुँदैन ।

एउटा औषधिले केही खराबी ग¥यो भन्दैमा उपचार प्रति नै नकारात्मक धराणा राख्नु हुँदैन । तपाईका चिकित्सकले अर्को सिफारिस गर्नेछन् । रक्तचाप नियन्त्रण गर्ने थुप्रै औषधिहरु उपलब्ध छन् । पूर्ण शारीरिक परीक्षणपछि मात्र तपाईलाई कुन औषधि फिट हुन्छ थाहा पाउन सकिन्छ ।

रक्तचापका रोगीले कम्तिमा ३–३ महिनामा रक्तचाप जचाउनु पर्दछ ।

धामी झाँक्री लगाएर उच्च रक्तचाप ठिक हुँदैन ।

चिकित्सकलाई पूर्णरूपले विश्वास गर्नु पर्दछ । उच्च रक्तचापको उपचार संभव छ । यस रोगको उपचार मुटु रोग विशेषज्ञबाट गराउनु उत्तम हुन्छ ।

- स्वास्थ्य खबरपत्रिका, २०७० वैशाख अंकमा प्रकाशित

Contact Us
Mailing Address

P.O. Box: 12853

Kathmandu, Nepal.

Phone No.: +977 14770419

You can call between 10am to 5pm NPT except on Saturdays.

You can also send us a message.

[contact-form-7]

गर्भको बच्चामा आमाबाबुको प्रभाव
- स्वास्थ्य खबरपत्रिका /

प्रत्येक क्रोमोजम्समा हजारौंको संख्यामा जिन हुन्छन् । जिनहरु एक प्रकारको रसायनबाट बनेका हुन्छन् । जसलाई डी.एन.ए. भनिन्छ । यिनै जिनले नै बालकका गुणहरु निश्चित गर्दछन् ।  यसबाट नै बालकको पैत्रिक वा वंशानुगत गुण, छालाको रङ्ग, उचाई, कपालको रङ्ग र प्रकार (कालो, खैरो, खस्रो सिधा, घुँघुरिएको), स्वास्थ्य, बृद्धि, व्यक्तित्व आदि निर्धारण हुन्छ ।

त्यसैबाट हामी बच्चाको आकृति र स्वभावलाई उसका बाबु आमा वा अरुसँग तुलना गर्छौ । वास्तवमा प्रत्येक लक्षण र चिन्हका लागि अलग अलग जिन हुन्छन् । जस्तो छालाको रङ्गको जिन, कपालको जिन, ओठको जिन, नाकको जिन आदि । जिन दुई प्रकारका हुन्छन् । शक्तिशाली र कमजोर । बालकमा प्रत्येक लक्षणको लागि एउटा जिन आमाबाट र एउटा बाबुबाट आउँछ । शुक्रकीट वा अण्डाभित्र पनि जिन आफै बन्दैन । उनीहरुले पनि आफ्ना आमा बाबुबाट जिनहरु पाएका हुन्छन् । यसरी वंशानुगत रुपमा प्राप्त जिनहरु नै हरेक आमा बाबुले आफ्नो सन्तानलाई दिन्छन् । आफ्ना आमा बाबुबाट प्राप्त भिन्नभिन्नै एक एक जिन जुन बच्चामा आउँछन् त्यसबारे दुवै जिन प्रभावशाली आउँछन् या कमजोर आउँछन् भन्न सकिँदैन ।

वास्तवमा यो संयोगको कुरा हो । तर कुन लक्षणको कुन कुन जिन आउँछन् त्यसै अनुसार बच्चामा आमा बाबुको प्रभाव पर्दछ । जस्तै, यदि छाला गोरो हुनलाई चाहिने दुवैतिरबाट आएको जिन प्रभावशाली छ भने बच्चाको छालाको रङ्ग गोरो हुन्छ । एउटा प्रभावशाली र एउटा कमजोर जिन छ भने पनि बच्चा गोरो नै हुन्छ किनभने प्रभावशाली जिनले कमजोर जिनलाई दबाउँछ तर दुवैतिरबाट आएको जिन कमजोर छ भने बच्चाको रङ्ग गोरो हुदैन । यही नियम कपाल, हात, खुट्टा, कान, नाक आदि अङ्गको स्वरुपमा पनि लागु हुन्छ ।

वंशाणुगत गुणमा फरक आउने कारण जिनमा भएको प्रोटिनको मात्राको फरक हो । तर पनि यो मान्छे आमा बाबु जस्तै मोटो, दुब्लो, रिसाहा, शान्त, गम्भिर, कस्तो होला भनी अन्दाज गर्न सकिन्छ । जिनमा परिवर्तन गरेर मानिसको वंशानुगत गुण कसरी बदलिन सकिन्छ भनेर विभिन्न वैज्ञानिक खोजहरु भइरहेका छन् । यी शारीरिक लक्षणबाहेक भावनात्मक प्रवृत्तिहरु जस्तो रिस, भावुकता, बृद्धि, शिलस्वभाव, विचार आदि पैत्रिक देन मात्र नभएर बालक हुर्कने वातावरणमा पनि भर पर्दछन् भन्ने कुरा वैज्ञानिकहरुको अध्ययनबाट प्रमाणित भएको छ । (एजेन्सि)

विशाक्त खाद्यान्नको बिगबिगी
के खाने, के नखाने ? उपभोक्ता अन्योलमा

- स्वास्थ्य खबरपत्रिका /

बजारमा बिक्रीका लागि राखिएका जुसदेखि दुधसम्म, पानीदेखि तेलसम्म निम्न गुणस्तरको । हरियो तरकारी तथा सागपातदेखि चामल, गेडागुडी, दालमा पनि विषादीको मिसावट । आखिर दैनिक उपभोग गर्ने खाद्य सामाग्री के सुरक्षित छ त ?  आम उपभोक्ताले के खाने ? बजारबाट उपभोक्ताले पैसा तिरेर पनि गुणस्तरीय खाद्यपदार्थ खान पाइरहेका छैनन् । शरीरलाई फाइदा पुगोस् भनेर खरिद गरिने खानेकुरामा भएका अखाद्य बस्तु तथा मिसावटले स्वास्थमा त असर पार्छ नै आर्थिक क्षतिपनि त्यही अनुपातमा भईरहेको हुन्छ ।

यस्ता खाद्य तथा पेय पदार्थ उत्पादकलाई सरकारले अहिलेसम्म कडा कारवाही गर्न सकेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ऐनकै कारणले त्यस्ता उत्पादकलाई कडा कारवाही गर्न नसकेको बताउदै आएको छ । बजारमा बिक्रिका लागि राखिएका खाद्य वस्तुमा अखाद्य पदार्थ भेटिए भन्ने सुनिरहेका उपभोक्ता पनि यसले स्वास्थ्यमा पार्नसक्ने गम्भीर असरलाई फितलो रूपमा हेरिरहेका छन् ।

खानेकुरामा मिसावट हुनु, मापदण्ड नपुग्नु भनेको उपभोक्ताहरुका लागि कुनै नौलो कुरा रहेन । उपभोक्ताले त्यस्ता समस्यालाई सामान्य रुपमा लिइरहेका छन् भने उपभोक्तावादिले सरकारको फितलो अनुगमनका कारण बजारमा निम्न गुणस्तरका र स्वास्थ्यलाई असर गर्ने बस्तु भेटिने गरेको आरोप लगाउदै आइरहेका छन् ।

खाद्य पदार्थबारे केही समय अगाडि गरिएको एक अध्ययनले खाद्यान्नमा मानव स्वास्थ्यमा गम्भिर असर गर्ने घातक विषादीहरु समेत फेला परेको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको भिम्टा प्रयोगशालामा नेपाली बजारमा बिक्रिका लागि राखिएका चामल, गेडागुडी, हरियो सागपात, चिउरा तथा ब्रेडको नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा ती खाद्यान्नमा मानव स्वास्थ्यलाई असर पु¥याउने ९ थरीका विषादी मिसाइएको पाइएको थियो । देशका २५ वटा जिल्लाबाट नमूना संकलन गरी एक बर्ष समय लगाएर गरिएको सो अध्ययनले खाद्यान्नमा प्रतिवन्धित विषादी समेत फेला पारेको छ ।

बजारमा बिक्रीका लागि राखिएका हरीयो साग, का“क्रो, फर्सी, गोलभेडा र तितेकरेला जस्ता तरकारीमा अत्यधिक विÈादी प्रयोग भएको सो अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘विशेÈगरी हामीले प्रयोग गर्ने चामल, दाल, गेडागुडी, मिठाइ, हरिया तरकारीलगायत विभिन्न प्ररकारका खाद्यबस्तुमा खान हुने तथा खान नहुने बस्तुहरु मिसाएर बाहिरी आ“खाले हेर्दा राम्रो बनाउने गरेको पाइन्छ’ प्रतिवेदनमा भनिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरसहित इलाम, झापा, धनकुटा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, जनकपुर, सिन्धुपाल्चोक, धादिङ, गोरखा, कास्की, नवलपरासी, गुल्मी, जुम्ला, प्युठान, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, डडेलधुरा, कञ्चनपुर र डोटी गरी देशभरका २५ जिल्लाबाट खाद्य नमुना संकलन गरिएको थियो ।

प्रत्येक जिल्लाबाट २५÷२५ वटा खाद्यान्नको नमुना परीक्षणमा मानव स्वास्थ्यका लागि असर पर्ने क्लोरोपाइरिफस, क्यालोथ्रिन, साइपरमेथ्रिन, इन्डोसल्फान, फेनभालेरेट, मालाथियोन, प्याराथियोन मेथि १, पेर्मेथ्रिन र प्रोफेनोफेस नाम गरेका विषादी पाइएको छ । अध्ययनमा विभिन्न ब्रान्डका चामल, मुग, रहर र कालो दाल, गेडागुडीमा राज्मा, चना, केराउ, सिमि तथा गहुको पिठो र ब्रेड, तरकारीमा काउली, आलु, परवल, भेन्टा, भिन्डि, करेला जस्ता हरियो सागसब्जिको नमूना समेत परिक्षण गरेको थियो । जसमा अधिकांश प्याराथियोन–मेथि १ र साइपरमेथ्रिन नामक विषादी अत्यधिक पाइएको छ ।

दैनिक उपभोग गर्ने खाद्यवस्तुमा पाइएका ती विषादी लामो समयसम्म खाइरहेमा मानिसको मष्तिस्क, कलेजो, मृगौला, नशालगायतमा असर गर्ने गर्दछ । यसका साथै ती विषादीले क्यान्सर लाग्ने तथा गर्भवती महिलाको पेटमा रहेको बच्चामा असर गर्ने चिकित्सकहरुले बताएका छन् । यसका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित बजार अनुगमनका क्रममा बजारमा बिक्रिका लागि राखिएका खाद्यान्न तथा पेय पदार्थमा मिसावट गर्ने गरेको, अखाद्य बस्तु मिसाउने गरेको, मिति सकिएपनि बिक्रिकै लागि राख्ने गरेको फेला पार्ने गरेको छ ।

‘खाद्यपदार्थ बनाउँदा नै सडेगलेका, कुहिएका सामाग्री मिसाउने, म्याद सकिएका घिउ, पीठो, तेल प्रयोग गर्ने तथा उत्पादनस्थल नै फोहोर, प्रदुषित र दुर्गन्धित हुने समस्या वर्षेनी फेला पार्ने गरिएको छ’ विभागका प्रवक्ता प्रमोद कोइरालाले भने ‘हामीले फेला पारेका जतिलाई कानुन अनुसार कारबाही गरी नै रहेका छौ“ ।’

कोइरालाकाअनुसार विभागले एक वर्षमा ५ हजारको हाराहारीमा खाद्यसामाग्रीको नमुना परीक्षण गर्ने गरेको छ । यसरी परीक्षण गर्दा मख्खन र घिउमा–चिउरी, बनस्पति घिउमा बोसो, उसिनेको आलु, पि“डालु र सख्खरखण्ड, दूधको खुवामा–पीठो, स्टार्च, बेसारमा पीठो, पहेँलो कृत्रिम रंग, झार पिनेर, नुन र चिनीमा चक पाउडर, रातो खुर्सानीको धूलोमा इ“टा वा काठको धूलो, गहु“को पीठोमा मकैको पीठो, मरिचमा मेवाका दाना, चामलमा स–साना ढुंगा, दर्शनढुंगा, परबर र केराउमा हरियो रंग, मासको दालमा कालो रंग मिसाइने गरेको पाइन्छ । दालमोठमा खेसरीको दाल, धूलो मसलामा अन्न, महमा चिनी वा खुदो, तोरीको तेलमा तिल वा भजिर्नाको तेल, पीठोबाट बनाइने रोटी वा मिठाईंमा सिसा, मर्करी आदि मिसाइएको पाइन्छ । पापडमा खेसरीको दाल मिसाइ“दा पÔघात तथा अजिनोमोटो मेक्सिकाना मिसाइएको तोरीको तेल खा“दा मृत्युसम्म हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

खाद्यवस्तुमा कतिपय व्यापारीले नियतवस् अखाद्यवस्तु मिसाउने गरेको बताउदै कोइरालाले कतिपय खाद्यवस्तुहरु प्रयोग गर्ने समयसीमाभन्दा ढिला बजारमा बिक्रीका लागि राखिरहदा पनि आफै अखाद्य हुने बताए । सरकारको कमजोर अनुगमन तथा निरीक्षणको फाइदा उठाउदै व्यापारीहरुले खाद्यपदार्थमा जथाभावी गर्ने गरेको उपभोक्ता हीत संरक्षण मञ्च काठमाडांैका सचिव जगन्नाथ मिश्र बताउँछन् । उनका अनुसार अहिले बजारमा न्युन गुणस्तरका मिसावटयुक्त र विषादीले भरीपूर्ण खाद्यान्नको बिगबिगी नै रहेको छ ।

‘व्यापारीले छिटो आर्थिक लाभ लिन खाद्यबस्तुहरुमा अखाद्य तत्वहरु मिसाउने, डेट एक्सपाएर भएका समाग्रीलाई पुनःप्याक गरेर बिक्रि गर्ने गरेको पाइन्छ’ उनले भने ‘जनस्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने खाद्यान्नमा मनपरी चल्दा पनि सरकारले आवश्यक कदम चाल्न सकेको छैन ।’

डाक्टरी पढ्न विदेशि बिद्यार्थीले पनि प्रवेश परीक्षा दिनु पर्ने
- अनिल न्यौपाने, वैशाख २८ /

त्रिभुवन विश्वविद्यालय चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम)ले विदेशि विद्यार्थीले पनि प्रवेश परीक्षा दिनु पर्ने निर्णय गरेको छ । करीव दुई हप्ता अघि बसेको आइओएम फ्याकल्टि बोर्डको बैठकले पिजी पढ्ने विद्यार्थीका लागि सो निर्णय गरेको हो ।  यसअघि नेपाली विद्यार्थीले मात्र प्रवेश परीक्षा दिनुपर्ने प्राब्धान थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका युनिभर्सल मेडिकल कलेज भैरहवा र नेशनल मेडिकल कलेज बिरगञ्जले क्लिनिकल बिषयमा पिजी सञ्चालन गरेका छन् । नेपाली विशेषज्ञ चिकित्सक उत्पादन गर्ने उद्धेश्यले पिजी सञ्चालनका लागि निजी मेडिकल कलेजलाई अनुमति दिएको भएपनि उनीहरुले विदेशि विद्यार्थीलाई प्राथमिकतामा पारेका थिए । पहिलो पटक भएर यसपटक परीक्षा भने कलेजले नै लिन पाउछन् । अर्कोपटक देखि प्रवेश परीक्षा केन्द्रिकृत हुने आईओएमका सहायक डिन डा. शरद वन्तले बताएका छन् । निजी कलेजले विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा पनि नलिने र चर्कोको मूल्यमा पढाउने हुंदा नेपाली विद्यार्थी पढाईबाट बन्चित हुनु परेको आरोप छ ।

यसैगरी आइओएमले भर्नामा पनि कडाई गरेको छ । अब कलेजले सेसन शुरु गरेको ३५ दिन भित्रमात्र विद्यार्थी भर्ना गर्न पाउने छन् । यसअघि निजी कलेजले कोटा नपुगे वर्षै भरी विद्यार्थी भर्ना गर्दै आएका थिए । यो नियम भने एमबिबिएमा पनि यसै शैक्षिक शत्र देखि लागू हुने छ । पहिलो पटक लागि यो नियम शिक्षा मन्त्रालयबाट छात्रबृत्तीमा एमबिबिएस पढ्ने विद्यार्थीका लागि भने लागू हुने छैन ।

यसैगरी मेडिकल कलेजले नेपाली र बिदेशि विद्यार्थी ५०/५० प्रतीशतका आधारमा पढाउनु पर्ने छ । यो नियम पिजी, एमबिबिएस र नर्सिङमा समेत लागू हुने छ । यो प्राव्धान मेडिकल काउन्सिलको ऐनमा भएपनि लागू हुन सकेको थिएन । केहि मेडिकल कलेजले एमबिबिएसमा धेरै पैसा लिएर अधिकांश विदेशि विद्यार्थीमात्र पढाउदै आएका छन् ।

प्रसुती गृहमा टेस्ट्युब बेबी प्रबिधि सफल
- अनिल न्यौपाने, वैशाख २८ /

प्रसुती गृह थापाथलीमा स्थापना गरिएको निःसन्तान उपचार केन्द्रमा आइभीएफ (जसलाई टेष्ट्युब बेबी भनिन्छ) प्रबिधि दास्रो प्रयासमा सफल भएको छ । ५ जना महिला मध्ये ४ जनामा कृतीम गर्भधान सफल भएको अस्पतालले जनाएको छ । यो सफलता संगै अस्पतालले तेस्रो चरणका लागि पनि तयारी शुरु गरेको अस्पताल निर्देशक डा. शीला बर्माले बताएकि छिन् ।

अघिल्लो पटक सेवाका लागि २५ जनाले निवेदन दिएकामध्ये प्रजनन् क्षमता बढी देखिएका ९ जनालाई छानेर विज्ञहरुले नमुना परीक्षण गरेका थिए । तर यसमध्ये एक जनाको पनि कृत्रिम गर्भाधान सफल हुन सकेको थिएन ।

स्वास्थ्य खबरपत्रिकाले माघ अंकमा पैसा गोजीमा, नक्कली उपकरण अस्पतालमा शीर्षकमा समाचार प्रकाशन गरेपछि अस्पतालले स्थगित भएको सेवा पुन सन्चालन पहल गरेको हो । । समाचार प्रकाशनलगत्तै अस्पतालले सेवा सञ्चालनमा ल्याउनका लागि उपकरण सप्लायर्स् हस्पिटेक इन्टरप्राइजेजलाई दबाब दिएको थियो । अस्पतालले उपकरण पूर्ण रुपमा सञ्चालनमा नआएसम्म उपकरण बापतको बाँकी रकम नदिने अडान लिएपछि सप्लायर्स पुन सञ्चालनका लागि वाध्य भएर चासो दिएको हो ।

अस्पताल निर्देशक डा. शीला बर्माले आइभीएफ सेवा पुन सञ्चालनका लागि दिल्लीबाट चिकित्सकसहितको प्राविधिक टोली काठमाडौं ल्याइएको बताइन् । आइभीएफ स्पेशलिष्ट डा. रिता बक्सी लगायत प्रसूती गृहका टोली सहभागी थिए । यसअछि भएको कमजोरी अध्ययन गर्न एम्ब्रियोलोजिष्ट दीपक नायर र हिराशिल कम्पनीका उपकरण इन्जिनियर अर्नवकुमार पाल प्रसुती गृह आएका थिए । इन्जिनियर पालले केही ठूला र साना उपकरण काम गर्न नसक्ने देखिएकाले नयाँ जडान गरिएकोले हाल यो सेवा सफल भएको बताए ।